PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

अर्जेन्टिना र नाइजेरियाबीचको खेल दौरान म्याराडोना अस्वस्थ, घर फर्कन चिकित्सकको सल्लाह मानेनन्



पहिलोपोस्ट

अर्जेन्टिना र नाइजेरियाबीचको खेल दौरान म्याराडोना अस्वस्थ, घर फर्कन चिकित्सकको सल्लाह मानेनन्

विश्वकपको अन्तर्गत समूह डी को अन्तिम खेलमा अर्जेन्टिना र नाइजेरिया भिडिरहँदा अर्जेन्टिनी फुटबल हस्ती डिएगो म्याराडोना स्टेडियम मै थिए। मेसी र रोहोले गोल गरेपछि टिभीमा उनको उत्साह हेर्न लायक थियो।

तर, खेलको बीचमा म्याराडोना अस्वस्थ बने। ५७ वर्षीय म्याराडोनाको घाँटी धेरै नै दुख्ने गर्दछ। खेलको बीचमा उनले स्टेडियममै चिकित्सकलार्इ देखाएका थिए।

उनले हाफ टाइमको समयमा चिकित्सक टोलीसँग खिचेको फोटो सामाजिक संजालमा राखेका छन्। तर, उनले आफूलार्इ अस्पताल लगिएको कुराको खण्डन गरे।

चिकित्सकलार्इ देखाइसकेपछि उनले सामाजिक संजालमामार्फत् आफू ठीक रहेको प्रतिक्रिया दिएका छन्। 'मलार्इ डाक्टरले जाँचेका थिए र खेलको दोस्रो हाफअघि नै घर जान सुझाव दिएका थिए। तर, हाम्रो लागि खेल धेरै नै चुनौतिपूर्ण रहेकाले म फर्किन चाहिनँ। म कसरी जान सक्थेँ?'

खेलको समयमा देखाइएको भिडियोमा म्याराडोना उठ्न संघर्षरत देखिन्थे।

नाइजेरिया विरुद्ध रोहोको निर्णायक गोल गर्नुअघि खेल १-१ को अवस्थामा चलिरहँदा अर्जेन्टिना बाहिरिने डरले म्याराडोना चिन्तित देखिएका थिए।

२०१० विश्वकपमा अर्जेन्टिना फुटबल टोलीका प्रशिक्षक रहेका म्याराडोनाको कप्तानीमा अर्जेन्टिनाले १९८६ विश्वकप जितेको थियो। 

लेजेण्ड म्याराडोनाले अर्जेन्टिनाका लागि ९१ खेल खेल्दै ३४ गोल गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell