
बलिउड अभिनेत्री प्रियंका चोपडा र हलिउड गायक निक जोनस अहिले प्रेम सम्बन्धमा छन्। यी दुईको प्रेम अहिले छताछुल्ल भएको छ। भारतीय मिडियाका अनुसार यी दुइ चाँडै नै इन्गेजमेन्ट गर्ने तयारीमा छन्। दुवैजना आफ्ना प्रेमलाई लिएर अझै खुलेका छैनन्। तर निकले भने मेट गालामा नै प्रियंकालाई प्रेम प्रस्ताव राखेका थिए।
हलिउड टिभी सो 'क्वान्टिको'की कलाकार चोपडाले निकलाई हालै आफ्नो परिवारसँग मुम्बईमा भेटाएका थिए। निक पारिवारिक जमघटमका लागि भारत पनि आएका थिए। निक र प्रियंका पहिलोपटक मेट गालाको रेड कार्पेटमा सँगै देखिएका थिए। पारिवारिक जमघटमा प्रियंकाका भाई सिध्दार्थ र परिणिती चोपडा पनि सहभागी थिए।
सामाजिक सञ्जालमा भने यी दुईको प्रेम लुक्न सकेको छैन। निक अधिकांस समय प्रियांकाको इन्स्टाग्रामका तस्विरमा कमेन्ट गरिरहेका हुन्छन्। प्रियंका पनि त्यसमा रियाक्ट गर्ने गर्छिन्।