PahiloPost

Jan 30, 2025 | १७ माघ २०८१

सुन तस्करी प्रकरण: छानबिन समितिको प्रधानमन्त्रीलाई ब्रिफिङ, ओलीले भने - 'कसैलाई नछाड्नु'



सविन ढकाल

सुन तस्करी प्रकरण: छानबिन समितिको प्रधानमन्त्रीलाई ब्रिफिङ, ओलीले भने - 'कसैलाई नछाड्नु'

काठमाडौं : सुन तस्करीको अनुसन्धान गर्न सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्रिफिङ गरेको छ।

प्रधानमन्त्री ओली चीन भ्रमण सकेर फर्किएलगत्तै प्रधानमन्त्री  निवास बालुवाटरमा समितिले सोमवार साँझ अहिलेसम्म भएका काम कारबाहीबारे जानकारी गराएको हो।

प्रधानमन्त्री ओलीले टोलीले काम कारबाही बारे आफू सन्तुष्ट भएको भन्दै अनुसन्धानलाई थप प्रभावकारी बनाउन निर्देशन समेत दिएका छन्।

सनम शाक्य हत्या र ३३ किलो सुन प्रकरण पत्ता लगाउन सरकारले चैत २० गते गृहमन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा समिति गठन गरेको थियो।

बिफ्रिङमा सहभागी एक सदस्यले प्रधानमन्त्रीलाई उद्धृत गर्दै  भने, 'अहिलेसम्म तपाईंहरूले गरेको कामको मूल्यांङकन जनताले समेत गरेका छन्। कसैको दबाबमा नपरी अब पनि प्रमाणसहित तस्करीमा संलग्न जो जो छन् कारबाही गर्नुहोस्।'

अहिलेसम्म समितिले व्यापारी, कर्मचारीलगायत गरेर ४० जनाभन्दा बढीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।

 

पोद्धारले मुख खोलेनन्, राजु तस्करीको सुन बेच्ने व्यापारी

समितिले पक्राउ गरेका व्यापारी विमल पोद्धारले अहिलेसम्म पनि  बयानमा सुन तस्करी आफूले नगरेको बताउँदै आएका छन्। छानबिन समितिका एक सदस्यले भने, 'उनले सुन तस्करी गरेको अझैसम्म खुलाएका छैन। तर उच्चतहका प्रहरी र व्यापारीसँग राम्रोसम्बन्ध भएको भने खुलाएका हुन्।'

सुन व्यवसायी पोदार डिल्लीबजारमा रहेको कार्यालयबाट असार ७ गते  छापा मारेको थियो। तर, उनको घरबाट प्रहरीले खासै केही महत्त्वपूर्ण सबुत भने हात पार्न सकेको थिएन।  समातिएका पोदारलाई महानगरीय प्रहरी वृत्त कालीमाटीमा राखिएको छ। सार्वजनिक अपराधको मुद्दामा म्याद थप गरी उनलाई प्रहरी हिरासतमा राखिएको छ।

सुन प्रकरणमा सोमवार छोराको विवाह भोजबाट नै समातिएका वीरगन्जका व्यापारी राजु दारुका भने तस्करीको सुन बिक्री गर्ने गरेको समितिको दाबी छ। एक सदस्यले भने, 'उनले तस्करीको सुन नेपाल र भारतमा बेच्ने गरेको खुलेको छ।'  व्यापारी राजुको वीरगञ्जमा गहना पसल पनि रहेको छ।
 
असार ८ गते समितिले वीरगन्जका सञ्जय खेतान भनिने प्रवीण अग्रवाललाई पक्राउ गरेको थियो। उनी हुन्डीको कारोबारी समेत भएको अनुसन्धानबाट खुलेको प्रहरीले दाबी गरेको छ।

समितिले रेस्टुरेन्ट व्यवसायी अकबर शाहलाई नियन्त्रणमा लिएको हो। ललितपुरको लबिम मलमा उनको रेस्टुरेन्ट छ।

यसअघि प्रहरीले तस्करी प्रकरणमा प्रतिवादी बनाइएका मुख्य लगानीकर्ता मोहनकुमार अग्रवाल, मुख्य आरोपी चुडामणि उप्रेतीका भाइ रमेश उप्रेती, हरिशरण खड्का र बेनु श्रेष्ठविरुद्ध रेड कर्नर नोटिस जारी गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell