PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

हुन्डीको कारोबार गरेको अभियोगमा ७२ वर्षीय बृद्ध पक्राउ : झोलाबाट २० लाख रुपैयाँ फेला



पहिलोपोस्ट

हुन्डीको कारोबार गरेको अभियोगमा ७२ वर्षीय बृद्ध पक्राउ : झोलाबाट २० लाख रुपैयाँ फेला

काठमाडौः अवैध हुन्डीको कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी बृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौं तारकेश्वर नगरपालिका वडा नम्बर २ बस्ने ७२  वर्षीय बालकृष्ण भण्डारीलाई पक्राउ गरेको हो। 

शंका लागेर भण्डारीको झोला जाँच गर्दा २० लाख रुपैयाँ प्रहरीले फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी मोहनकुमार थापाले बताए।

कसरी हुन्छ हुन्डीको कारोबार

कारोबारीले नेपालबाहेक भारत,चीन, अस्ट्रेलिया, दुबई लगायत देशहरूमा हुन्डीको कारोबार गर्दै आएको प्रहरीको अनुसन्धानमा खुलेको छ।

उनीहरूले १ लाख रुपैयाँको हुण्डी गरे वापत सेवाग्राहीबाट २ हजार रुपैयाँ लिन गरेको पाइएको छ। हुण्डी कारोबारीहरूको दुवै देशमा एजेन्ट हुन्छन्। पैसा पठाउनु पर्ने व्यक्तिले पैसा बुझाएपछि कारोबारीले केही अङ्कको कोड नम्बर दिन्छन्। उनीहरूले त्यही नम्बर लिएर अर्को देशमा भएको एजेन्टलाई भेटेपछि पैसा प्राप्त गर्छन्।

भारतमा सबैभन्दा विश्वासिलो र लोकप्रिय म्यासेन्जर ह्वाट्सएप। चीनमा विच्याट लोकप्रिय छ। हुण्डीको कारोबारमा ठूला व्यापारीको संलग्नता देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell