
रसिया विश्वकप अन्तर्गत आज पनि समूह चरणमा ४ खेल हुँदैछन्। जसमध्ये विश्वविजेता रहेको समूह एफको दुई खेल राति ७:४५ बजे हुनेछन्।
जर्मनी र दक्षिण कोरिया कजान एरेनामा भिड्दा त्यही समयमा मेक्सिको र स्वीडेन एकातेरिनवर्गमा आमनेसामने हुनेछन्।
समूहको दुई खेलपछि मेक्सिको दुई जितबाट ६ अंकका साथी शीर्ष स्थानमा छ। एक जित र एक हारको नतिजा निकालेको जर्मनी र स्वीडेनको समान ३ अंक छ भने दुई हार बेहोरेको एसियन टोली अंकविहीन छ।
अन्तिम १६ पुग्ने चारै टिमको होड खुल्ला रहे पनि मेक्सिकोले स्वीडेनविरुद्ध बराबरी खेले पनि समूह विजेता बन्नेछ। पहिलो खेलमा विश्वविजेता जर्मनीलाई स्तब्ध पारेको मेक्सिकोले दोस्रो खेलमा दक्षिण कोरियालाई पराजित गरेको थियो।
उता टोली क्रुसको इन्जुरी टाइमम फ्रिकिक मद्दतमा स्वीडेनलाई पराजित गर्दै अन्तिम १६ को सम्भावना राखेको जर्मनीमको लागि दोस्रो चरण पुग्न जित आवश्यक छ। मेक्सिकोले स्वीडेनलाई पराजित गरेको जर्मनी दक्षिण कोरियासँग बराबरी खेले पनि अन्तिम १६ मा पुग्नेछ।
तर स्वीडेन विजयी हुने र जर्मनीले पनि बराबरी खेल्ने वा पराजित हुने हो भने जर्मनी बाहिरिनेछ।
यस्तै मेक्सिकोले स्वीडेनलाई ठूलो अन्तरमा हराउने र दक्षिण कोरियाले पनि जर्मनी माथि जित हात पार्न सके दक्षिण कोरिया पनि अन्तिम १६ पुग्न सक्छ।
चार वटै टिमको सम्भावना भको कारण दुवै खेल महत्वपूर्ण छ।
मेक्सिको-स्वीडेन फ्याक्ट्स
मेक्सिको र स्वीडेन एकआपसमा खेल्न लागेको यो दशौँ खेल हो तर विश्वकपमा भने यो दोस्रो भेट हुनेछ। यसअघि भएको एक मात्र विश्वकप खेलमा सन् १९५८ मा स्वीडेनले मेक्सिकोलाई ३-० ले पराजित गरेको थियो।
तर स्वीडेनसँगको पछिल्लो पाँचमध्ये चार खेलमा मेक्सिको अपराजित छ। जहाँ मेक्सिकोले दुई खेल जितेको थियो भने दुई खेल बराबरी भएको थियो।
ज्याभिएर हर्नान्डजेले दक्षिण कोरियाविरुद्ध गोल गर्दै आफ्नो ५०औँ अन्तर्राष्ट्रिय गोल पूरा गरेका थिए।
मेक्सिकोले यसअघि सन् २००२ मा समूह चरणको सुरुको दुई खेल जितेको थियो। यसअघिको ७ संस्करणमध्ये मेक्सिको समूह चरणको सुरुको दुई खेलमा अपराजित रहँदा नकाउट चरण पुगेको थियो।
यता जर्मनीसँगको हार स्वीडेनका लागि सन् १९९० समूह चरणमा कोस्टारिकासँग हारेयताको पहिलो हो।
स्वीडेनले पछिल्लो १३ विश्वकपमा खेलमा पहिले गोल गर्दा ४ खेल मात्र जितेको छ।
जर्मनी-कोरिया फ्याक्ट्स
जर्मनी र दक्षिण कोरिया अहिलेसम्म ३ पटक भिडेका छन्। विश्वकपमा भएको दुई भेटमा जर्मनी विजय भएको थियो। भने सन् २००४ को मैत्रीपूर्ण खेल कोररियाले जितेको थियो।
जर्मनी अहिलेसम्म विश्वकपको पहिलो चरणबाट बाहिरिएको छैन।
जर्मनीले यसअघि एसियन टिमसँग खेलेको सबै पाँच खेल जितेको छ। जसमा १९ गोल गरेको थियो।
दक्षिण कोरियाले विश्वकपमा खेलेका पछिल्ला चार खेलमा लगातार हार बेहोरेको छ। यसअघि सन् १९८६ र १९९० को विश्वकपबीचमा पनि कोरियाले चार खेल हारेको थियो।