रसिया विश्वकप अन्तर्गत आज समूह चरणका चार खेल हुँदैछ। समूह ई र समूह एफका अन्तिम लिग खेलहरु आज राति हुँदैछन्। यसै खेलबाट दुवै समूहबाट अन्तिम १६ मा पुग्ने टोलीको टुङ्गो लाग्नेछ।
राति ७:४५ बजे समूह एफमा रहेका विश्वविजेता जर्मनी र दक्षिण कोरिया तथा मेक्सिको र स्वीडेनबीच खेल हुनेछ।
यस्तै राति ११:४५ बजे पाँच पटकको विश्वविजेता ब्राजिल र सर्बिया तथा स्वीट्जरल्याण्ड र कोस्टारिकाबीच खेल हुनेछ।
यी खेलमा केही खेलाडीहरु सबैको नजरमा रहनेछन्। जसले खेलमा पनि प्रभाव पार्न सक्छन्।
थोमस मुलर (जर्मनी)
अन्तिम १६ मा प्रवेश गर्न जर्मनीले आजको खेल जित्नैपर्ने हुन्छ। नत्र डिफेन्डिङ च्याम्पियन समूह चरणबाटै बाहिरिने सम्भावना प्रवल हुनेछ।
जर्मनीका लागि ९१ खेलमा ३८ गोल गरेका मुलर वर्तमान जर्मन टोलीका खेलाडीमध्ये विश्वकपमा सर्वाधिक गोल गरेका खेलाडी हुन्। उनीमाथि जर्मनीलार्इ दोस्रो चरणमा प्रवेश गराउन दबाबका रहने छ।
२८ वर्षीय फरवार्ड व्यावसायिक फुटबल चाहिँ बार्यन म्युनिखबाट खेल्दै आएका छन्। २०१४ मा ‘डी गार्डियन’ले उनलार्इ विश्वको उत्कृष्ट फुटबलरको सूचीमा पाचौं नम्बरमा राखेको थियो। २००७ देखि बार्यन म्युनिखका लागिि खेल्दै आएका उनले १९२ गोल गरिसकेका छन्।
३ अंकसहित समूहमा दुर्इ नम्बरमा रहेको जर्मनीले विश्वकपको दोस्रो चरणमा पुग्ने सम्भावना जिवितै राख्न आजको खेल जसरी पनि जित्नु पर्ने हुन्छ।
सन हिउन मिन (दक्षिण कोरिया)
समूह चरणको दोस्रो खेलमा मेक्सिकोविरुद्ध मिनले ९० मिनेटपछि थपिएको समयमा गोल गरेका थिए। तर, उनले आफ्नो टोलीलार्इ पराजयबाट भने बचाउन सकेनन्। कोरियाली टोलीबाट खेल्दै मिनले ६९ गोलमा २२ गोल गरेका छन्। आज २०१४ विश्वकप विजेतालार्इ पराजित गरेको खण्डमा मात्र दक्षिण कोरियाको अन्तिम १६ मा पुग्ने केही सम्भावना बाँकी रहनेछ। त्यसैले पनि मिनमाथि अंकविहिन रहेको आफ्नो टोलीलार्इ विश्वकपको दोस्रो चरणमा पुर्याउनु पर्ने दबाब हुनेछ।
मिनसँग २०१४ फिफा विश्वकप, एएफसी एसियन कप २०११ र २०१५ खेलेको अनुभव छ। २५ वर्षीय सन हिउन मिन दक्षिण कोरियाली टोली र प्रिमियर लिग क्ल्ब टोटनह्याम हट्सपरका विङ्गर र फरवार्ड खेलाडी हुन्। उनी २०१५ र २०१७ मा एएफसी अन्तराष्ट्रिय वर्ष फुटबलर भएका थिए।
ज्भाभियर हर्नान्डेज (मेक्सिको)
मेक्सिकोको स्टार खेलाडी ज्याभियर हर्नान्डेजले दक्षिण कोरिया विरुद्ध ६६औँ मिनेट गरेको गोलले मेक्सिको विजयी भएको थियो। मेक्सिकोबाट १०४ खेलमाले हर्नान्डेज ५० गोल गरिसकेका छन्। वेस्टहम युनाइटेडबाट फुटबल खेल्दै आएका हर्नान्डेजले क्लब फुटबलमा १४४ गोल गरेका छन्।
समूहकै पहिलो स्थानमा भएता पनि अन्तिम १६ मा पुग्न आजको खेलमा जित वा बराबरीको नतिजा चाहिन्छ मेक्सिकोलार्इ। स्वीडेनले मेक्सिकोलार्इ पराजित गरेमा र उता जर्मनी जितेको अवस्थामा तीन टिमबीच गोलअन्तर निर्णायक बन्नेछ अन्तिम १६ मा पुग्नका लागि। त्यसैले पनि मेक्सिकन फुटबल इतिहासमा हालसम्म धेरै गोल गरेका ज्याभियर हर्नान्डेज सामु मेक्सिकोलार्इ अन्तिम १६ मा प्रवेश गराउनु पर्ने चुनौती रहेको छ।
एन्ड्रेस ग्रान्कभिस्ट (स्वीडेन)
स्वीडेन फुटबल टोलीको कप्तान समेत रहेका एन्ड्रेस ग्रान्कभिस्ट माथि स्वीडेनलार्इ दोस्रो चरणमा पुर्याउनु पर्ने दबाब रहेको छ। ग्रान्कभिस्टले दक्षिण कोरियाविरुद्ध निर्णायक गोल गरी समूह चरणमा पहिलो जित दिलाएका थिए। ३३ वर्षीय ग्रान्कभिस्टले स्वीडेनका लागी ७२ खेलमा ७ गोल गरेका छन्।
एन्ड्रेस ग्रान्कभिस्ट २०१७ मा वर्षको उत्कृष्ट स्वीडीस पुरुष खेलाडीलार्इ प्रदान गरिने गल्डबोलिनबाट सम्मानित भएका थिए। ग्रान्कभिस्टले आफ्नो टोलीलार्इ जित दिलाएमा जर्मनी समूह चरणबाटै बाहिरिने सम्भावना हुनेछ। त्यसैले पनि ग्रान्कभिस्टको टोली माथि विश्वको नजर रहनेछ।
एलेक्सेन्डर मिट्रोभिक (सर्बिया)
२३ वर्षिय मिट्रोभिक आफूलार्इ सर्वियन बालाटोली भनेर चिनाउने गर्छन्। ४० खेलमा १७ गोल गरेका मिट्रोभिक सर्वियाका मुख्य स्ट्राइकर हुन्। स्वीट्जरल्यान्डसँगको खेलमा उनले पाचौं मिनेटमा गोल गरी सर्बियालार्इ अग्रता दिलाएका थिए। तर सो खेलमा सर्बिया २-१ ले स्वीट्जरल्यान्डसँग पराजित हुन पुग्यो। आजको खेलमा ब्राजिलविरुद्ध जित हासिल गरे सर्बिया दोस्रो चरणमा प्रवेश गर्न सक्छ। त्यसैले पनि प्रिमियर लिग क्ल्ब न्युक्यासल युनाइटेडबाट स्ट्राइकर रहेका मिट्रोभिकमाथि पाँच पटकको विश्व विजेतासँग दबाबकाबिच उत्कृष्ट खेल देखाउनु पर्ने चुनौती रहेको छ। २०१३ मा युरोपियन अन्डर १९ जिताएका मिट्रोभिक त्यसपछि लगातार राष्ट्रिय फुटबल टोलीबाट खेल्दै आएका छन्।
ग्राबियल जेसस (ब्राजिल)
२१ वर्षिय ग्राबियल जेसस ब्राजिली फुटबल टोलीका कान्छा खेलाडी हुन्। ब्राजिलियन फुटबलर रोनाल्डोलार्इ आदर्श मान्छन् जेससले। ब्राजिलका लागी उनले १९ खेलमा १० गरिसकेका छन्। २०१५ बाट व्यवसाहिक फुटबल सुरु गरेका जेसस हाल म्यानचेस्टर सिटीबाट खेल्दै आएका छन्। उनले क्लब फुटबलमा ५२ गोल गरिसकेका छन्।
नेमार, काउटिन्हो, मार्सेलो जस्ता अनुभवी खेलाडीसँगै ब्राजिललार्इ अन्तिम १६ मा पुर्याउनुपर्ने दबाबबिचको खेलमा ग्राबियल जेससमाथि पनि सबैको नजर रहनेछ।
जेर्दान शाकिरी, स्वीट्जरल्यान्ड
जेर्दान शाकिरीले सर्बिया विरुद्ध गोल गरी स्वीट्जरल्यान्डलार्इ पहिलो पहिलो जित दिलाएका थिए। स्वीट्जरल्यान्डबाट उनले ७२ खेलमा २१ गोल गरेका छन्। स्वीट्जरल्यान्डलार्इ अन्तिम १६ मा पुग्न आजको खेल जित्नै पर्ने हुन्छ। त्यसैले पनि'क्युब अफ पावर', 'म्याजिक ड्रवाफट' जस्ता उपनामले परिचित शेरदन सकिरी माथि सबैको नजर रहनेछ।
सकिरी स्टोक सिटी र स्वीस फुटबल टोलीमा विङ्गर को भूमिकामा खेल्छन्। इन्टर मिलान, स्टोक सिटी, बार्यन म्युनिक लगायतका कल्बबाट व्यवसायिक फुटबल खेल्दै उनले ६६ गोल गरेका छन्। 'अल्पाइन मेसी' भनेर पनि चिनिने युवा फुटबलर शाकिरी २०१५ मा फिफा १५ को कभरमा लियोनल मेसीसँगै देखिएका थिए।
ब्रायन रुइज (कोस्टारिका)
३२ वर्षिय ब्रायन रुइजले कोस्टारिका लागी ११० खेलमा २४ गोल गरिसकेका छन्। स्पोर्टिङ् सीपीबाट व्यवसायिक फुटबल खेल्दै आएका छन्। कोस्टारिकाका कप्तान समेत रहेका ब्रायन रुइजमाथि आफ्नो टोलीलार्इ सान्तवना जित दिलाउने चुनोती रहनेछ। कोस्टारिका समूह चरणबाट बाहिरी सकेको छ।