PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

‘वैशाखयता कास्कीमा विभिन्न अभियोग लागेका ४३ फरार अभियुक्त पक्राउ’



पहिलोपोस्ट

‘वैशाखयता कास्कीमा विभिन्न अभियोग लागेका ४३ फरार अभियुक्त पक्राउ’

पोखरा जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न अपराधमा संलग्न भई फरार रहेका ४३ जना अभियुक्तलाई पक्राउ गरेको छ।

पक्राउ पर्ने अभियुक्तहरुमा कर्तव्य ज्यान, चेक अनादर, चोरी, लागूऔषध, गाली वेइज्जती सरकारी छाप कीर्ते तथा जालसाजी लगायतका मुद्दाका अभियुक्त रहेका छन्। पक्राउ परेका केही भने सार्वजनिक अपराध लगायतका मुद्धामा संलग्न रही अदालतबाट कैद तथा जरिवाना तोकिएका व्यक्तिहरू पनि छन्।

प्रहरीले अदालतमा पेस गरेका अभियुक्तमध्ये तीन जना अदालतको आदेशमा रिहा भएको र ३७ जनालाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख ओम बहादुर रानाले बताए।

गत वैशाखदेखि कास्की प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका रानाले काम सुरु गरेसँगै फरार अयिभुक्त पक्राउलाई प्राथमिकतामा राखेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell