PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

'छैठौं राष्ट्रिय लोक दोहोरी अवार्ड–२०७५'को फारम खुल्ला



पहिलोपोस्ट

'छैठौं राष्ट्रिय लोक दोहोरी अवार्ड–२०७५'को फारम खुल्ला

काठमाडौं : राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको आयोजनामा लोक दोहोरी अवार्ड हुने भएको छ। 'छैठौं राष्ट्रिय लोक दोहोरी अवार्ड–२०७५'का लागी फारम पनि खुल्ला गरिएको छ।

राजधानीका विभिन्न ठाउँमा फारम उपलब्ध गराइने प्रतिष्ठानका अध्यक्ष पिएन सापकोटाले जानकारी दिए। ६ वर्षदेखी यो अवार्ड आयोजना हुँदै आएको छ।

अवार्डमा लोक तथा दोहोरी गीतको क्षेत्रका कलाकारहरुको उपस्थिती रहनेछ। २१ विधामा अवार्ड प्रदान गरिनेछ। ५ वटा सम्मान पनि अवार्ड कार्यक्रममा प्रदान गर्ने आयोजक टिमले जनाएको छ। लोक तथा दोहोरीगीतको संरक्षण, सम्वर्धन र प्रवर्धनको निम्ति अग्रजलाई सम्मान नयाँलाई प्रोत्साहन भन्ने नाराको साथमा बिगत २०६९ सालबाट अवार्ड आयोजना हुँदै आएको छ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell