PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

तोकेको स्थानमा मात्र विरोध प्रदर्शन गर्न गृहको आग्रह, साउन १ देखि कडा रुपमा लागू



पहिलोपोस्ट

तोकेको स्थानमा मात्र विरोध प्रदर्शन गर्न गृहको आग्रह, साउन १ देखि कडा रुपमा लागू

काठमाडौं : गृह मन्त्रालयले सुरक्षा प्रदान गर्नेगरी विरोध र प्रदर्शनका लागि तोकेको ७ ठाउँबाहेकमा त्यस्ता कार्यक्रम गरे कडा कारवाही गरिने जनाएको छ।

गृह मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा तोकिएको ७ ठाउँमा मात्र प्रदर्शन गर्न जानकारी दिइयो। ‘सात ठाउँमा साउन १ गतेदेखि यो नियम कडा रुपमा लागू हुन्छ,’ पत्रकार सम्मेलनमा गृहमन्त्री रामबहादुर थापाले भने, ‘तोकेको ठाउँभन्दा अन्यत्र विरोध प्रदर्शन गरे कारवाही गरिनेछ।’

उनले विरोध प्रदर्शनका लागि ठाउँ निर्धारण गराउँदा राजधानीको सुरक्षा व्यवस्था र ट्राफिक व्यवस्थापनामा सहज हुने तथा सर्वासाधारणलाई राहत मिल्ने जानकारी दिए। गृह मन्त्रालय सुधारको योजनामा यसलाई पनि समेटिएको थियो। 

२०७४ चैत ३० गते काठमाडौं जिल्ला सुरक्षा समितिको बैठकले प्रदर्शनका लागि स्थान तोकेको थियो। खुलामञ्च, तीनकुने चौर, भुइँखेल चौर, पेप्सिकोला खेल मैदान, सानो गौचरण, लैनचौर  समाज कल्याण परिषद अगाडि र सिफल चौरमा विरोध सभा गर्न मिल्ने निर्णय भएको थियो। 
पूर्व जानकारीसहित कार्यक्रम गर्दा सुरक्षाको पूर्ण प्रत्याभूतिसमेत गरिएको  गृहले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell