PahiloPost

Jun 17, 2026 | ३ असार २०८३

'सञ्जु'मा सञ्जय दत्तको केमियो अभिनय



पहिलोपोस्ट

 'सञ्जु'मा सञ्जय दत्तको केमियो अभिनय

शुक्रबार देखि प्रदर्शनमा आउने 'सञ्जु', अभिनेता सञ्जय दत्तको जीवनीमा आधारित फिल्म हो। भारतीय मिडियाका अनुसार फिल्मको बुकिङमा दर्शकको बढ्दो क्रेज देखियो।

प्रदर्शनको संघारमा रहँदा निर्माण टिमले फिल्मको बारेमा गोप्य राखेको जानकारी सार्वजनिक गरेको छ। फिल्ममा संजयको केमियो अभिनय रहको भारतीय मिडियामा उल्लेख छन्। फिल्ममा सञ्जुले वास्तविक सञ्जयलाई भेट्नेछन्।

फिल्ममा रणवीर कपूरसँगै अभिनेत्री मनिषा कोइराला, अनुश्का शर्मा, दिया मिर्जा लगायतको अभिनय रहेकछ। राजकुमारी हिरानी निर्देशित फिल्मले रणवीरको करियर कै राम्रो फिल्म हुने बलिउड कलाकारले बताएका छन्।

फिल्मको मुख्य अभिनेता रणवीरले आफु सँधै सफल्ता भन्दा पनि असफल्ताबाट सिक्दै जाने बताए। उनको पछिल्लो फिल्म 'जग्गा जासुस' बक्स अफिसमा असफल रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell