PahiloPost

Jun 17, 2026 | ३ असार २०८३

टिजरमा हेर्नुस् 'इन्टु मिन्टु लण्डनमा'

टिजरमा हेर्नुस् 'इन्टु मिन्टु लण्डनमा'

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : कोरियोग्राफर रेनशा वान्तवा राईको डेब्यू निर्देशनमा बनेको फिल्म 'इन्टु मिन्टु लण्डनमा'को टिजर सार्वजनिक भएको छ। टिजरमा अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह र डेब्यू कलाकार धिरज मगरको मुख्य अभिनय रहेको छ।

प्रज्ज्वल समशेर जबरा र रेनशाकै कथा रहेको रोमान्टिक लभस्टोरीमा साम्राज्ञी र धिरजसँगै सारुक ताम्राकार, विजय लामा, सुनिता ठकुरी श्रेष्ठ लगायतको अभिनय छ।

कलाकार धिरजले फिल्मको स्क्रिप्ट मन परेकोले यो फिल्म गरेको बताए। उनले नेपाली फिल्म क्षेत्रमा आफ्नो भविष्य देखेकाले नेपाल आएको बताए। उनी यूकेमा बस्छन्। त्यस्तै अभिनेत्री साम्राज्ञीले धिरज जस्ता नव कलाकार फिल्म क्षेत्रको लागि आवश्यक रहेको जनाइन्।

टिजर सार्वजनिक कार्यक्रममा निर्देशक रेनशाले प्रज्ज्वल समशेर जबरासँग आफ्नो प्रेम सम्बन्ध रहेको स्विकारिन्। उनले फिल्मको हिरो धिरज भए पनि आफ्नो रियल लाइफको हिरो प्रज्ज्वल रहेको बताइन्। यस फिल्मको छायाँकन नेपाल र युकेमा भएको थियो। आभास कर्माचार्यको संवाद रहेको फिल्ममा शैलेन्द्र धोज कार्कीको छायाँकन रहेको छ।

 

 



ट्रेन्डिङ पोस्ट

Ncell