
एडनान जाजुजाईले दोस्रो हाफमा गरेको एक मात्र गोल मद्दतमा बेल्जियमले रसिया विश्वकप अन्तर्गत समूहको अन्तिम खेलमा इंग्लयाण्डलाई १-० ले पराजित गरेको छ।
कालिनिनग्राडमा भएको खेलमा बेल्जियमका लागि ५१औँ मिनेटमा जानुजाईले गरेको गोल निर्णायक बनेको थियो।
खेलमा दुवै टोलीले आधा भन्दा धेरै खेलाडी परिवर्तन गरेका थिए।
जितपछि समूह जी मा सबै ३ खेल जितेको बेल्जियम समूह विजेता बनेको छ। बेल्जियमले अब अन्तिम १६ मा एसियन राष्ट्र समूह एचको उपविजेता जापानसँग खेल्नेछ।
यस्तै समूह जी को उपविजेता इंग्ल्याण्डले समूह एचको विजेता कोलम्बियासँग खेल्नेछ।
समूह जी अन्तर्ग अर्को खेलमा ट्युनिसयाले पानामालाई २-१ ले पराजित गर्दै विश्वकमा सुखद अन्त्य गरेको छ। खेलको ३३औँ मिनेटमा मेरिहको आत्मघाती गोलमार्फत पानामाले अग्रता लिएपनि दोस्रो हाफमा पुनरागमन गर्दै ट्युनिसियाले २ गोल गरेको हो। ५१औँ मिनेटमा बेन युसेफ र ७६औँ मिनेटमा अजरीले ट्युनिसियाको जितमा गोल गरे।