PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

अमेरिकाको मेरिल्याण्डमा अखबारको कार्यालयमा गोली चल्यो, पाँच जनाको मृत्यु



पहिलोपोस्ट

अमेरिकाको मेरिल्याण्डमा अखबारको कार्यालयमा गोली चल्यो, पाँच जनाको मृत्यु
Photo: BBC

अमेरिकाको मेरिल्याण्डस्थित क्यापिटल ग्याजेट नामको पत्रिकाको कार्यालयमा एक बन्दुकधारीले गाली चलाउँदा पाँच जनाको मृत्यु भएको छ। मेरिल्याण्याड राज्यको स्थानीय पत्रिकाको कार्यालयमा भएको उक्त आक्रमणमा केही घाइते भएको बीबीसीले जनाएको छ।

घटनामा संलग्न रहेको आशंका प्रहरीले करीब ४० वर्षीय एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ परेकासँग बयान जारी छ। आक्रमणको कारण प्रहरीले अहिलेसम्म खुलाएको छैन। आक्रमण भएको भवनबाट १७० जनाको प्रहरीले उद्दार गरेको छ। पत्रिकासँगै अन्य कार्यालय पनि उक्त भवनमा रहेका थिए।

क्यापिटल ग्याजेट बाल्टिमोर सन मिडिया ग्रुपसँग आवद्ध रहेको बताइएको छ।

घटना अनुसन्धानकर्ताहरुका अनुसार पत्रिकालाई केही समयदेखि सामाजिक सञ्जालबाट आक्रमणको चेतावनी आइरहेको थियो।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell