PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

फ्राइडे रिलिजमा 'ए सोल्टीनी', केही मल्टिप्लेक्समा 'सञ्जु'को रिलिज विवादले रोकियो



पहिलोपोस्ट

फ्राइडे रिलिजमा 'ए सोल्टीनी',  केही मल्टिप्लेक्समा 'सञ्जु'को रिलिज विवादले रोकियो

काठमाडौं :  यो साता शुक्रबार प्रदर्शन अन्तर्गत नेपाली फिल्म 'ए सोल्टीनी' प्रदर्शनमा आएको छ। निमा तामाङ लामाको निर्देशनमा बनेको फिल्ममा सबिन श्रेष्ठ, अर्जुन गुरुङ, जयनन्द लामा, मन्जु श्रेष्ठ, ज्ञानबहादुर जिम्बा लगायतको मुख्य अभिनय रहेको छ।

जिम्बा फिल्म प्रडक्शनको ब्यानरमा बनेको फिल्मलाई दिलकुमार घलान तामाङले निर्माण गरेको हो।

बलिउड फिल्म 'सञ्जु' भने विवादकाबीच नेपाल प्रदर्शनामा आएको छ। फिल्म वितरण कम्पनी र हल सञ्चालकबीच कुरा नमिलेपछि फिल्म सिंगल थियटर र केही मल्टिप्लेक्समा मात्र 'सञ्जु' प्रदर्शनमा आएको हो। मंगलबार, बुधबार र बिहीबारका दिन दर्शकलाई मल्टिप्लेक्स सञ्चालकले टिकटमा छुट दिंदै आएको छ।

सञ्जुका वितरकले टिकटमा छुट नगर्न माग गरेपछि केही मल्टिप्लेक्समा 'सञ्जु' लागेन। तर क्यूजमा भने 'सञ्जु' प्रदर्शनमा आयो। पछिल्लो समय 'रेस थ्री'को प्रदर्शन ताका काठमाडौंका अधिकांश मल्टिप्लेक्सले छोटो समयमा हलबाट फिल्म 'विथ ड्र' (निकाल्नु) गरेका थिए। तर आफुले क्यूजबाट सम्झौता भएको समयसम्म फिल्म प्रदर्शन गरेको बताउँदै क्यूज सञंचालक सुमित मैनालीले सञ्जु प्रदर्शन गरेका हुन्। राजकुमारी हिरानी निर्देशित फिल्ममा रणवीर कपूर, मनिषा कोइराला, अनुश्का शर्मा, दिया मिर्जा लगायतको अभिनय रहेको छ।  

हलिउड फिल्म 'स्केप प्लान टु' पनि प्रदर्शन भएको छ।  एक्सन विधामा बनेको फिल्मलाई स्टेफन सी मिलरले निर्देशन गरेका हुन्। फिल्ममा डेभ बाटिस्टा, जेइमी किङ लगायतको अभिनय रहेको छ।
 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell