PahiloPost

May 15, 2026 | १ जेठ २०८३

अस्थिरता खोज्नेले अधिनायकवादको हल्ला फिँजाए : प्रम ओली



पहिलोपोस्ट

अस्थिरता खोज्नेले अधिनायकवादको हल्ला फिँजाए : प्रम ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थिरता ल्याउन चाहनेहरुले अधिनायकवादको हल्ला फिँजाइरहेको दावी गरेका छन्। 

‘लोकतन्त्र जान्छ रे, अनि आउँछ के त?,’ प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘यो जनताको बलिदानबाट आएको हो। लोकतन्त्रमा कुन ताकतले यसलाई पन्छयाएर आउन सक्छ? यो जनतामा भ्रम फैलाउने कुरा देशका लागि हितकर छैन।’ 

आजको प्रतिनिधि सभाको बैठकमा विनियोजित बजेटमाथि उठेका प्रश्नको जवाव दिँदै प्रधानमन्त्री ओलीले भने, ‘आज देशलाई आशावाद चाहिएको छ। हामी लोकतन्त्रलाई सुदृढ गर्न सक्छौं। देश बनाउन सक्छौं भन्ने आशा चाहिन्छ।’ 

संविधान संशोधनप्रति सकारात्मक देखिएका प्रधानमन्त्री ओलीले भने, ‘हामी ठीक बाटो लिएका छौं। हाम्रा बीचमा कतिपय असझदारीका विषयहरु थिए। हामीले संविधान ठीकै ढंगले जारी गर्यौं। केही केही आलोचना पनि भयो।’ 

उनले संविधान असंशोधनीय दस्तावेज नरहेको समेत स्वीकारे। 

‘संविधान संशोधन गर्ने दस्तावेज होइन भन्ने कस्ले भनेको छ?,’ ओलीले प्रश्न गरे, ‘देशको आवश्यकताको आधारमा संविधान संशोधन हुनसक्छ। संशोधन नहुने गरी संविधान बनाएको हो र?’

प्रभावकारी नभएपछि योजना आयोगको पुर्नगठन भएको प्रधानमन्त्री ओलीले बताए। 

प्रधानमन्त्री कार्यालय दह्रोगरी अनुगमन गर्ने र कदम चाल्ने मुडमा रहेको पनि ओलीले जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell