PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

पोस्टरमा 'बोबी'



पहिलोपोस्ट

पोस्टरमा 'बोबी'

काठमाडौं :  मिलन चाम्स निर्देशित फिल्म 'बोबी'का पोस्टर रिलिज भएका छन्। असार २९ मा प्रदर्शन हुने फिल्मका पोस्टरमा मुख्य कलाकार फिचर्ड छन्।  

वास्तविक कथामा बनेको फिल्ममा उमेश थापा र कविता गुरुङको मुख्य अभिनय रहेको छ। उमेश र कविता फिल्ममा समावेश कथाका वास्तविक पात्रहरु हुन्। उनीहरुको प्रेममा आएको आरोह अवरोह नै फिल्ममा समावेश छन्।

चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको ‘बोबी’मा संचारकर्मी नरेश भट्टराई/गिरिराज घिमिरेको स्क्रिप्ट, नवराज कृष्ण थापाको छायाँकन, अर्जुन जिसीको सम्पादन र बसन्त सापकोटा/ताराप्रकाश लिम्बुको संगीत रहेको छ।

फिल्ममा उमेश र कवितासँगै विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतको अभिनय रहेकोछ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell