PahiloPost

Jun 17, 2026 | ३ असार २०८३

गुन्डा नाइके राजन पक्राउ, टोले गुन्डाविरुद्ध प्रहरी अप्रेसन



पहिलोपोस्ट

गुन्डा नाइके राजन पक्राउ, टोले गुन्डाविरुद्ध प्रहरी अप्रेसन

काठमाडौं : काठमाडौंमा गुन्डागर्दी गर्दै आएका गुन्डा नाइके राजनकुमार भुजेल पक्राउ परेका छन्।
 
महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले भुजेललाई शुक्रवार कालिमाटीबाट पक्राउ गरेको हो। मानिसलाई तर्साउने धम्काउने गरेको उजुरीको आधारमा भुजेललाई नियन्त्रणमा लिएको महाशाखाका एसपी नरेन्द्र उप्रेतीले जानकारी दिए।  

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले पनि असार २ गते २८ वर्षीय मनोज खत्री र २८ वर्षीय कुमार श्रेष्ठलाई पक्राउ गरेको थियो। उनीहरूले ठमेल, ज्याठा लगायतका क्षेत्रमा  सञ्चालित होटेल, रेस्टुरेन्ट लगायतका व्यवसायीहरूलाई डर त्रास देखाएर रकम असुल्दै हिँडेको प्रहरीको दावी छ।

काभ्रे देउराली ८  घर भएका २६ वर्षीय देवकुमार थापा र धादिङ घर भएका २९ वर्षीय कमल गुरुङलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ यस्तै प्रकरणमा। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell