काठमाडौं : फिल्म 'चि मुसी चि'को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा फिल्मका मुख्य कलाकार देखिएका छन्।
दिनेश श्रेष्ठ निर्देशित फिल्ममा सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवा लगायतको अभिनय रहेको छ।
फिल्म आगामी श्रावण ११ गते प्रदर्शन हुनेछ। अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल, डब बहादुर गुरुङ फिल्मका निर्माता रहेका छन्। अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता रहेको फिल्ममा सुनिल र विक्रम स्वाँरको कोरियोग्राफी, बासु न्यौपानेको छायाँका र भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ।
