PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

सेनाको शम्शेर दल गणभित्र पुरुषको शव!



पहिलोपोस्ट

सेनाको शम्शेर दल गणभित्र पुरुषको शव!

काठमाडौं : प्रहरीले काठमाडौँको तार्केश्वरमा एउटा वेवारिसे शव फेला पारेको छ। तारकेश्वर नगरपालिका ४ फुलबारी गेट नजिकै रहेको शम्शेर दल गणको हाताभित्र रहेको पर्खालको छेउमा शव फेला परेको महानगरीय अपराध महाशाखाका एसपी नरेन्द्र उप्रेतीले जनाए।

शवको पहिचान भने खुल्न सकेको छैन। मोटो शरीर, उचाइ ५ फिट ६ इन्च उचाइ रहेको छ।

त्यस्तै  कालो रङ्गको फुल बाहुला भएको टिसर्ट लगाएको, भित्रपट्टि सेतो भेस्ट लगाएको, निलो रङ्गको जिन्स पाइन्ट, रातो निलो फितला भएको निलो फित्ताको बीचमा रातो पहेँलो धर्का भएको ट्रेकिङ चप्पल लगाएको, पाइन्टमा लगाउने कालो रङ्गको छालाको पेटी र निलो रङ्गको पेटीको बक्कल बक्कलमा पहेँलो रङ्गले अक्षर लेखिएको, घाँटीमा कालोमा पहेँलो रङ्ग भएको धागो बाँधिएको र धागोमा रुद्राक्ष जस्तो प्लास्टिक डल्लो झुण्डाइएको, हातमा डोरो बाँधिएको, पाइन्टको गोजीमा भारतीय १ को सिक्का रहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell