काठमाडौं : लोकप्रिय गायक सुगम पोखरेलकी छोरी एन्जेलिजा पोखरेलले आफ्नो सांगीतिक यात्रा सुरुवात गरेकी छिन्। 'मलाइ उड्न देउ' बोलको गीत मार्फत उनले नेपाली सांगीतिक यात्रा सुरु गरेकी हुन्।
करिब ५ बर्ष अघि नै रेकर्ड भएको यो गीतको भिडियो भने एन्जेलिजाको जन्मदिनको जन्मदिन भन्दा केहि दिन अघि सार्वजनिक भएको छ। अहिले सांगीतिक कार्यक्रमको लागि अमेरिका रहेका सुगमले आफ्नै युत्यूब च्यानलबाट गीत सार्बजनिक गरे।
गीतमा शब्द तथा संगीत सुगमको रहेको छ। शैलेन्द्र प्रधान (बाबु)को संगीत संयोजन रहेको छ।सुगमले गीतलाई दर्शक तथा श्रोताले मन पारिदिनु हुने आशा राखेका छन्। भिडियोलाई अनिल के मानन्धरले निर्देशन गरेका हुन्। गीतमा सुनिल क्षेत्रीको कोरियोग्राफी र शिलन लम्सालको सम्पादन रहेको छ।
