रसियामा भइरहेको २१औँ संस्करणको फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणका सबै खेलहरु बिहीवारबाट सकिएका छन्।
सहभागि ३२ राष्ट्रलाई ८ समूहमा विभाजन गरेर समूह चरण खेलाइएको थियो। जसबाट १६ टोली प्रिक्वाटरफाइनलमा पुगेका छन् भने १६ टोली समूह चरणबाटै बाहिरिएका छन्।
विश्व विजेता जर्मनी समूह चरणबाटै आउट भयो।
कस्तो रह्यो त समूह चरण अंकमा यस्तो छ।
१ : समूह चरणका एक गोलकिपरले मात्र तीन वटै खेलमा क्लिनसिट राखे। उरुग्वेका पर्नान्डो मुस्लेराले समूह चरणमा ३ खेल खेल्दा कुनै गोल बेहोरेनन्।
२ : समूह चरणमा दुई ह्याट्रिक भए। पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले स्पेन तथा इंग्ल्याण्डका ह्यार केनले पानामा विरुद्ध ३-३ गोल गरे।
३ : समूह चरणमा ३ टिमले मात्र सबै ३ खेल जिते। उरुग्वे, क्रोएसिया र बेल्जियमले आ-आफ्नो समूहको ३ खेल जित्दै समूह विजेता बने।
४ : पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले लगातार ४ विश्वकपमा गोल गरे। सन् २००६, २०१० र २०१४ मा १/१ गोल गरेका उनले रसिया विश्वकपमा ४ गोल गरिसकेका छन्।
५: ह्यारी केनले समूह चरणमा सर्वाधिक ५ गोल गरेका छन्। ट्युनिया विरुद्ध पहिलो खेलमै २ गोल गरेका उनले पानामा विरुद्ध दोस्रो खेलमा ह्याट्रिक गरे।
६ : समूह चरणमा ६ टिमले कुनै खेल जित्न सकेनन्। जसमा अष्ट्रेलिया, कोस्टारिका, इजिप्ट, आइसल्याण्ड, मोरोक्को र पनामा थिए। यस्तै इजिप्ट र पानामाले कुनै अंक समेत जोड्न सकेनन्।
९: समूह चरणमा ९ खेल बराबरीमा टुङ्गियो।
१० : युरोपबाट विश्वकप खेलेका १४ मध्ये १० टोली दोस्रो चरणमा प्रवेश गरेका छन्। दक्षिण अमेरिकाबाट ५ मध्ये ४ टिमले अन्तिम १६ मा स्थान बनाए। यस्तै उत्तर अमेरिका र एसियाबाट १-१ टोली प्रिक्वाटरफाइनल पुगे।
१८ : समूह चरणमा कूल १८ पेनाल्टी गोल भए। रेफ्रीले २४ पटक पेनाल्टी अवसर दिएपनि ५ पेनाल्टी भने गोल हुन सकेन।
३८ : यस विश्वकपको ३८औँ खेल गोलरहित बराबरीमा टुङ्गिएको थियो।
३९ : समूह चरणमा भएका ४ मध्ये ३९ खेलमा स्पष्ट नतिजा आए।
४५ : इजिप्टका कप्तान एसाल हल हाडारी विश्वकप खेल्ने सबैभन्दा पाका खेलाडी बने। उनले ४५ वर्ष १६१ दिनका दिन साउदी अरेबिया विरुद्ध विश्वकप खेल्दै उक्त कीर्तिमान राखे।
४८ : ८ समूहको गरी समूह चरणमा कूल ४८ खेल भए। प्रत्येक समूहमा ६ खेल भएका थिए।
८६ : समूह चरणमा ८६ खेलाडीले कम्तीमा १ गोल गरे। यसबाहेक ६ खेलाडीले आत्घाती गोल गरे।
१०० : प्रतियोगिताको सयौँ गोल अर्जेन्टिनाका कप्तान लियोनल मेसीले नांइजरिया विरुद्ध गरेका थिए।
१२२ : समूह चरणमा कूल १२२ गोल भए। जसमध्ये पहिलो हाफमा ४६ तथा दोस्रो हाफमा ७६ गोल भए।
१६२ : समूह चरणमा कुल १६२ येल्लो कार्ड देखाइयो। यस्तै एक डारेक्ट र २ इनडाइरेक्ट गरी ३ रेड कार्ड देखाइयो।
