काठमाडौं : क्यानडामा हिजो देखि सुरु भएको ग्लोबल टी-२० क्यानडा क्रिकेट लिग खेल्ने नेपाली युवा स्टार सन्दीप लामिछाने आज क्यानडातर्फ प्रस्थान गरेका छन्।
सन्दीप आज राती ९:१५ बजे नयाँ दिल्लीबाट क्यानडा जाने नेपाली राष्६रिय क्रिकेट टिमका म्यानेजर रमन शिवाकोटीले विज्ञप्तीमार्फत जनाएका छन्।
सन्दीपले क्यानडामा मोन्ट्रेल टाइगर्सबाट खेल्नेछन्। जहाँ श्रीलंकन लाथिस मालिंगा वेष्ट इन्डिजका सुनिल नारिन लगायत खेलाडी छन्।
All the technical issues has been sort out and @IamSandeep25 will be travelling to Canada tonight from Delhi, though he will miss his 1st league match but will be available from 2nd league match. All the best Sandeep, do well in Global T20 Canada 2018 @TalhaAisham @GT20Canada pic.twitter.com/VMwbTwV0gb
— Raman Shiwakoti (@CricketRaman) June 29, 2018
प्राविधिक समस्यका कारण समयमै क्यानडा पुग्न नसकेपछि सन्दीपले मोन्ट्रेल टाइगर्सको पहिलो खेल भने गुमाका छन्।
यसअघि सन्दीपले दिल्ली डेयरडेभिल्सबाट खेल्दै आइपीएल खेल्ने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाएका थिए।
जुलाई १७ मा प्रतियोगिता सकिएपछि सन्दीप स्वदेश फर्कनेछन्।
