PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

ललित स्मृति यू-१८ फुटबल : क्वाटरफाइनल समिकरण पुरा



पहिलोपोस्ट

ललित स्मृति यू-१८ फुटबल : क्वाटरफाइनल समिकरण पुरा

काठमाडौँ : तेस्रो ललित स्मृति यू-१८ फुटबल च्याम्पियनसिपको क्वाटरफाइनल समिकरण पूरा भएको छ। समूह चरण अन्तर्गत शुक्रवार भएको अन्तिम दुई खेलमा च्यासल युथ क्लब र झापाले जित हात पर्दै अन्तिम ८ मा स्थान बनाएपछि क्वाटरफाइनल पुग्ने आठ वटै टोलीको टुङ्गो लागेको हो।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा च्यासलले संकटा क्लब तथा झापाले एपीएफलाई समान ३-० ले हरायो। च्यासलका लागि शेरब तामाङले २ तथा अनिस कार्कीले १ गोल गरे।

यस्तै झापालाई जिताउन सन्तोष दाहाल, एलोन राई र रोमन भुजेलले १-१ गोल गरे।

अब क्वाटरफाइनलमा च्यासलले मोरङ तथा झापाले ब्रिगेड ब्वाइज क्लबसँग खेल्नेछ। यस्तै साविक विजेता आर्मीले हिमालयन शेर्पा तथा फ्रेण्ड्स क्लबले लुम्बिनी एफसीसँग खेल्नेछ।

क्वाटरफाइनल खेलहरु आइतवार र सोमवार हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell