PahiloPost

Apr 10, 2026 | २७ चैत्र २०८२

धनेश्वर एसियाडको निर्णायकमा चयन



पहिलोपोस्ट

धनेश्वर एसियाडको निर्णायकमा चयन

काठमाडौं : मित्र राष्ट्र ईन्डोनेसियाको जकार्तामा भाद्र २ देखि १७ गते सम्म आयोजना हुने १८औं एसियाली खेलकुद अन्तर्गत हुने ट्रायथलन प्रतियोगिताका लागि नेपालका धनेश्वर प्रजापती निर्णायकमा चयन भएका छन्। उनलाई एशियन ट्रायथलन महासंघले प्रतियोगिताका लागि निर्णायकमा चयन गरिएको नेपाल ट्रायथलन संघले जनाएको छ।

विभिन्न अन्तर्राष्ट्रिय ट्रायथलन प्रतियोगितामा निर्णायकको भुमिका निर्वाह गरिसकेका धनेश्वर लेभल २ कोर्ष गर्ने पहिलो नेपाली निर्णायक हुन्। हाल नेपालमा ५ अन्तर्राष्ट्रिय निर्णायकसहित ३२ राष्ट्रिय निर्णायक रहेका छन्। छोटो समयमानै अन्तर्राष्ट्रिउ खेलक्षेत्रमा आफ्नो पहिचान राख्न सफल ट्रायथलनबाट एसियाली खेलको लागि निर्णायक चयन भएको प्रजापती पहिलो निर्णायक हुन्।

छोटो समयमानै अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा पदक प्राप्त गर्न सफल भईसकेको ट्रायथलन खेलले भारतको गुहाटीमा भएको दक्षिण एशियाली खेलमा पहिलो सहभागितामानै एक रजत र एक कास्य पदक प्राप्त गर्न सफल भईसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell