PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

सुर्खेतबाट उड्यो कर्णालीका दुर्गममा सीता एअरको जहाज 



पी बी खड्का

 सुर्खेतबाट उड्यो कर्णालीका दुर्गममा सीता एअरको जहाज 

सुर्खेत :  सीता एअरले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट दुर्गम जिल्लाहरुमा हवाई सेवा सुरु गरेको छ । आज हुम्लाको सिमिकोट उडान गरेर सुरु गरेको हो । 

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र उद्योग, वन तथा पर्यटन मन्त्री नन्दसिं बुढा सहित सिता एअर प्रा.लिका बरीष्ठ महाप्रबन्धक घनश्याम आचार्य लगाएतको टोली उडेका थिए । 

महाप्रबन्धक आचार्यका अनुसार सीता एअरको डोर्निएर २२८ को जहाज बाट उडान गरिएको हो । अहिले भाडादर कायमका लागि नेपाल उड्डयन प्राधिकरणमा पेश गरिएको र स्वीकृत भए लगत्तै  सार्वजनिक गर्ने बताए । अहिले सम्म प्रदेशको राजधानी सुर्खेतसंग हवाई सेवा नजोडिएका जिल्लाहरु सीता एअरले जोडेको  छ । 

यसैगरी भोलीदेखि यात्रु पाए सम्म डोल्पा, हुम्ला, जुम्ला, मुगु लगाएत उडान गर्न सकिने बताए । सीता एअरले बजार विस्तार गर्ने भन्दै बजारको आवश्यकता र यात्रुको माग अनुसार उडान भर्न सकिने बताए । 

कर्णाली प्रदेशको विकास र पर्यटन क्षेत्रलाई थप माथि उठान सघाउने भन्दै उक्त हवाई सेवा सुरु गर्न लागिएको महाप्रबन्धक आचार्यको भनाई छ । 
प्रदेश राजधानी सुर्खेतवाट सिधै यात्रा गर्दा भाडादर पनि सस्तो पर्ने उनको भनाई छ । 

कर्णालीका दुर्गम क्षेत्रका नागरिकहरु अहिले सम्म नेपालगञ्जबाट सुर्खेत आउनुपर्ने बाध्यता टरेको छ । 

भर्खरै सिधा सुर्खेत–काठमाण्डौँ नियमित उडान सूरु गर्न पहल गरेको प्रदेश सरकारले कर्णालीका विकट जिल्लाहरुलाई हवाई सेवा मार्फत जोड्ने पहल गरेको मुख्यमन्त्री शाहीको भनाई छ ।

यहाँका नागरिक प्रदेश ५ को नेपालगञ्ज विमानस्थल मार्फत आवत जावत गर्ने बाध्यता बाट मुक्त  हुने छन् । 

यसअघि कर्णाली प्रदेशका डोल्पा, जुम्ला, मुगु र हुम्ला जिल्लाका नागरिकहरुले हवाई सेवाको प्रयोग गरी सुर्खेत आवत जावत गर्न नेपालगंजदेखि सुर्खेतसम्म ३ घण्टाको सडक यातायात मार्फत सुर्खेत आउनुपर्ने बाध्यता छ ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell