PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

रक्सौल जाँदै गरेको मोटरसाइकलको सिटमुनि एक किलो सुन, वीरगंजबाट भरिया पक्राउ



राधेश्याम पटेल

रक्सौल जाँदै  गरेको मोटरसाइकलको सिटमुनि एक किलो सुन, वीरगंजबाट भरिया पक्राउ

वीरगंज : पर्सा प्रहरीले शुक्रवार वीरगंजबाट तस्करी गरी भारत रक्सौल लगिरहेको अवस्थामा एक किलो सुन र एक भरियालाई पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरेको छ।

इलाका प्रहरी कार्यालय इनार्वाका प्रहरी नायब निरीक्षक त्रिभुवन साहको टोलीले ना ४८ प ३७७४ नं को मोटरसाइकलमा सुन लिएर रक्सौल
तर्फ गइरहेका सर्लाही,हरिपुर नगरपालिका वडानं ९ का ३८ वर्षीय सन्तोष साह कलवारलाई समातेको पर्सा प्रहरीले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ।

प्रहरी टोलीले पूर्व सूचनाको आधारमा मोटरसाइकलको सिटमुनि एयर फिल्टर बक्समा लुकाएर लगिरहेको सुन  र मानिस समातेको हो । एक किलो सुनको आजको दर अनुसार प्रहरीले ४९ लाख ९२ हजार मूल्य निकालेको छ। 

गलाएर ६ वटा टुक्रामा बनाई एयर फिल्टर बक्समा राखी सुन भारत तर्फ लगिरहेको अवस्थामा समातिएको हो ,पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले भने।

प्रहरीले सुनसंँग पक्राउ परेका कलवार सुनको धनी नभएर भरिया मात्र भएको प्रारम्भिक बयान दिएको बताएको छ।कलवारलाई सुनसहितको मोटरसाइकल रक्सौल पु¥याए वापत ५ हजार रुपैया दिने डिल भएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell