PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

प्रिभ्यू : फ्रान्स भर्सेस अर्जेन्टिना



पहिलोपोस्ट

प्रिभ्यू : फ्रान्स भर्सेस अर्जेन्टिना

रसियामा भइरहेको फिफा विश्वकप २०१८ अन्तर्गत आजदेखि नकआउट राउण्डका खेलहरु सुरु हुँदैछन्। जसअन्तर्गत आज अन्तिम १६ (प्रि-क्वाटरफाइनल) का दुई खेल हुनेछन्।

राती ७:४५ बजे हुने पहिलो प्रिक्वाटरफाइनलमा खेलमा फ्रान्स र अर्जेन्टिना भिड्दैछन्। फ्रान्स समूह सी को विजेता तथा अर्जेन्टिना समूह डी को उपविजेता बन्दै अन्तिम १६ मा पुगेका हुन्।

दुवै टोली रसिया विश्वकपको उपाधिका दाबेदार हुन्। तर अब एउटा टिमको यात्रा भने अन्तिम १६ मै समाप्त हुनेछ।

समूह सी मा फ्रान्सले दुई खेल जित्दा एक खेल बराबरी खेलेको थियो। युवा खेलाडीहरुको बाहुल्य रहेको फ्रान्सले समूह चरणमा सोचेजस्तो प्रदर्शन गर्न सकेन। उता सहजै समूह चरण पार गर्ने सोचेपनि अर्जेन्टिनालाई निकै संघर्ष भयो। 'मोस्ट विन' खेलमा नाइजेरियालाई पराजित गर्दै अर्जेन्टिना समूह डी को उपविजेता बन्दै फ्रान्ससँगको भेट पक्का गरेको हो।

वर्तमान विश्व फुटबलका उत्कृष्ट खेलाडी लियोनल मेसी जस्ता सुपरस्टार रहेपनि अर्जेन्टिनाले समूह चरणमा राम्रो खेल्न सकेन। सुरुको दुई खेलमा तालमेल नमिल्दा जितबाट बन्चित रहेको अर्जेन्टिनाले अन्तिम खेलमा भने सुधारिएको खेल खेल्दै नतिजा हात पार्‍यो।

अर्जेन्टिना विश्व वरीयतामा पाँचौ तथा फ्रान्स सातौँ स्थानमा छ। प्रिक्वाटरफाइनलमा दुवै टोलीको असली खेल देखिनेछ।

अन्तिम १६ का ८ मध्ये यो सबैभन्दा प्रतिक्षित खेल समेत हुनेछ। दुवै टोली विश्वकपको पूर्व विजेता समेत हो। अर्जेन्टिनाले १९७८ र १९८६ मा तथा फ्रान्सले १९९८ मा विश्वकप जितेको थियो।

पछिल्लो पटक सन् २०१० को को अन्तिम १६ मा दुई पूर्व विजेता जर्मनी र इंग्ल्याण्ड भिडेका थिए।

लियोलन मेसीसहित सर्जियो अगुएरो, गोन्जालो हिग्वेन, पालो डिबला, एन्जल डि मारियो, ज्याभिएर मास्केरानो, एभर बनेगा जस्ता खेलाडी रहेको अर्जेन्टिना र एन्टोनी ग्रीजमन, ओलिभर जिरुड, केलिएन एमबापे, एन गोलो कान्टे, ब्लइस मटुइडी, पउल पोग्बा , राफेल भरान र ह्युगो लोरिस जस्ता खेलाडीबीचको प्रतिस्पर्धा ‘माउथ वाटरिङ’ हुनेछ।

यी दुईबीच अहिलेसम्म विश्वकपमा २ खेल मात्र भएका छन्। जसमा दुवैले खेल अर्जेन्टिनाले जितेको थियो। सन् १९३० को पहिलो विश्वकपमा १-० ले विजयी भएको ला अल्बिसेलेस्टेले १९७८ मा घरमै आयोजना भएको विश्वकपमा फ्रान्सलाई २-० ले पराजित गरेको थियो।

दक्षिण अमेरिकी राष्ट्रविरुद्ध फ्रान्सको रेकर्ड राम्रो छ। तर अन्तिम पटक फ्रान्सलाई पराजित गर्ने दक्षिण अमेरिकी टोली अर्जेन्टिना नै थियो।

फ्रान्स र अर्जेन्टिना विश्वकपको नकआउट राउण्डमा भिड्न लागेको यो पहिलो पटक हो। समग्रमा भने यी दुई १२औँ पटक भिड्न लागेका हुन्। अर्जेन्टिनाले ६ खेल जित्दा फ्रान्सले २ खेल मात्र जितेको छ।

यस्तै पछिल्लो ३२ वर्षमा भएको दुई मात्र मैत्रीपूर्ण खेल पनि अर्जेन्टिनाले जितेको छ। २००७ मा १-० तथा २००९ मा २-० ले जितेको थियो।

यद्यपी सन् १९७८ मा अर्जेन्टिनासँग हारेयता भने फ्रान्स दक्षिण अमेरिकी राष्ट्र विरुद्ध ८ खेलमा अपराजित छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell