PahiloPost

Jun 17, 2026 | ३ असार २०८३

तीन किलो सुनसहित नागढुंगाबाट भारतीयसहित दुई पक्राउ



पहिलोपोस्ट

तीन किलो सुनसहित नागढुंगाबाट भारतीयसहित दुई पक्राउ

काठमाडौँ :  प्रहरीले तीन केजी सुनसहित दुई जनालाई पक्राउ गरेको छ। 

महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले शुक्रवार राति करिब साढे ११ बजेतिर सुन सहित दुई जनालाई नागढुंगाबाट पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा भारतीय नागरिक दीपक कुमार मार्रे र महेन्द्रनगर भिमदत्त नगरपालिकाका मनोज विक छन्। 

भारतीय नम्बर युके ०२४६८४ को  गाडीको एयर फिल्टरमा सुन राखिएको परिसरका एसएसपी विश्वराज पोखरेलले बताए। उनले भने, 'सुन तस्करी भएको सूचनाको आधारमा नागढुङ्गामा चेक गर्दा सुन बरामद भएको हो।'

तीन किलो सुनको मूल्य १ करोड ५० लाख रुपैयाँभन्दा बढी पर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell