PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

'एक्सन' र 'कट्'मा धमलाको यस्तो थियो धुन

'एक्सन' र 'कट्'मा धमलाको यस्तो थियो धुन

रीना मोक्तान/पहिलोपोस्ट


बैठक कोठामा चियाको प्याला, सोफा सेट अनि छेउमा करिब ८ जना जतिको समूह। चिया पिउँदै गरेका संचारकर्मी ऋषि धमलालाई श्रीमती एलिजा गौतमले कोट लगाइदिन्छन्। फोन संवादमा व्यस्त धमला चियाको कप टेबुलमा राख्दै कामका लागि निस्कन लाग्दा एलिजालाई अंकमाल गरेर चुम्बन गर्छन्। 

त्यसपछि ठूलो आवाजमा गुञ्जिन्छ 'कट'। यो धमलाको घरमा भइरहेको छायाँकनको दृश्य हो। धमलामाथि नै बनेको गीतको छाँयाकन। 
सुटिङ रिपोर्ट

गीत धमलामाथि बनेको भएर धमलाकै घरका कृयाकलाप खिच्न ‘साई भिजन’को टोली त्यहाँ पुगेका हो। भित्तामा प्रधानमन्त्री ‍केपी ओलीद्वरा प्रदान गरिएका सम्मान लगायत थुप्रै प्रमाणपत्र झुन्डाइएका थिए सुटिङकै लागि। सुटिङकै क्रममा एकजना खुरुरु डौदिँदै धमलालाई मेकअप गरिदिन आइपुग्छन्। सजिन पाउँदा धमला मख्ख देखिन्थे। मोबाइल संवादको दृश्य छायाँकन गर्न निर्देशक प्रकाश भट्टलाई गाह्रो भएन। धमलाको फोन निरन्तर आइ नै रह्यो। बरु टिमलाई छायाँकन अवधिभर धमलालाई फोन संवादबाट कसरी टाढा राख्ने भन्ने दोधार प्रष्टै देखियो।

धमलाका बैठक कोठा क्यामेरा र लाइटिङ सिस्टमले भरिएको थियो। दु    ई रिटेकपछि धमला पत्नी एलिजा र धमलाको सट फाइनल भयो।

यसरी नै गीतको छायाँकन धमला कार्यरत एफएम, रिपोर्टस क्लबमा पनि पूरा भयो। गीतका लेखक सन्तोष देउजाले तीजमा यो गीत सार्वजनिक गर्ने बताए।

उनले भने, 'यो तीज कै गीत भएकोले तिजमा यसको भिडियो निकाल्छौं। यो अलि फरक धारको तीजको गीत हो।‘

गीतमा राधिका हमाल र प्रदीप त्रिपाठीको स्वर रहेको छ। गीतमा फिचर्ड भएका धमलाले आफुलाई भिडियोमा देखिने मन नभएको बताएका थिए। उनले भनेका थिए, 'आफ्नै नाममा बनेको गीतमा मलाई मोडलिङ गर्ने इच्छा थिएन। मेरो काम मोडलिङ गर्ने होइन्। तर सन्तोषजीको आग्रह मैले नकार्न नसकेको मात्र हो।'

'मोडलिङ व्यवसाय नराम्रो होइन,' उनले थपे। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि विभिन्न सन्देशमुलक मोडलिङ गरेको बताउँदै आफ्नो कामको पुष्टि गर्न खोजे। गीत जनताको मन मतिष्कमा बस्ने उनको विश्वास छ। छायाँकनले गर्दा उनको काममा असर पनि पर्योि।

पत्नी एलिजाले गीत निकै राम्रो बनेको बताइन्। ‘यति व्यस्त मान्छे, एकछिन फुर्सद हुँदैन उहाँलाई, यसरी गीतमा रमाउनु हुँदा खुशी लाग्छ,’ एलिजाले भनिन्।


ट्रेन्डिङ पोस्ट

Ncell