PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

  • भत्किएर फेरि उठ्दै विश्वज्योति : त्यो सिंगल थिएटर जहाँ चल्दामात्रै उठ्थ्यो फिल्मको पूरै लगानी

    भत्किएर फेरि उठ्दै विश्वज्योति : त्यो सिंगल थिएटर जहाँ चल्दामात्रै उठ्थ्यो फिल्मको पूरै लगानी

    भत्किँदै गरेको हलको यो दृश्य देख्दा भुवन केसीको मन खिन्न हुन्छ। नहोस् पनि कसरी उनलाई स्टारका रुपमा स्थापित गर्न यो हलको भूमिका सानो थिएन। त्यसो त नेपाली फिल्मका सदावहार नायक भुवनका छोरा अनमोलको क्रेज यतिखेर मल्टिप्लेक्समा चम्किरहेको छ। भुवनको क्रेज अनमोलमा सरेजस्तै विश्वज्योति पनि काय फेर्नैपर्ने वाध्यतामा पुगेको हो, नियमित पुस्तान्तर झै। भुवन दु:खी हुनुपर्ने कारणमा पुस्तान्तरण मात्र होइन। धेरै…

    विस्तृतमा पढ्नुस्

  • स्वाद न व्यादको 'दाल, भात, तरकारी' (फिल्म समीक्षा)

    स्वाद न व्यादको 'दाल, भात, तरकारी' (फिल्म समीक्षा)

    हाँस्य विधामा नेपाली रंगमञ्चदेखि टेलिफिल्म हुँदै फिचर फिल्मसम्म आफूलाई जब्बर रुपमा स्थापित गरेका छन्, मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह)ले। सरकारका काम कारवाहीमाथि कटाक्ष गर्दै प्रहसनबाट मन जितेका यी दुई कलाकारको सबैभन्दा उत्कृष्ट फिल्म भने 'बलिदान' नै हो। लामो समय अभिनय यात्रामा रहेको मह जोडी अभिनित २०५० को दशकको 'बलिदान' बाहेकका फिल्म सम्झन योग्य रहेनन् भलै ती फिल्मले बक्स अफिसमा…

    विस्तृतमा पढ्नुस्

  • टिकटकमा आधा करोडले पछ्याउने ट्विनी गर्ल्स : 'गीत छान्दा कुरा मिल्दैन, भनाभन हुन्छ' 

    टिकटकमा आधा करोडले पछ्याउने ट्विनी गर्ल्स : 'गीत छान्दा कुरा मिल्दैन, भनाभन हुन्छ' 

    टिकटक चलाउनु हुन्छ? त्यसो भए एउटै स्क्रिन सेयर गर्ने हिस्सी परेको अनुहार भएका जुम्ल्याहा दिदीबहिनीका भिडियोहरु तपाईँ कसरी मिस गर्न सक्नुहुन्छ र? नेपाली र हिन्दी गीतहरुमा लिप्सिङ गर्दै उनीहरुको हाउभाउयुक्त अभिनयले धेरैको मन जितेको छ। र त, उनीहरुका फलोअर्स ५० लाख नाघेको छ। सबैभन्दा बढी फलोअर्स भएको नेपाली टिकटक अकाउन्ट अन्जु भण्डारीभन्दा ६ लाखमात्रै कम।  उनीहरु हुन्, जुम्ल्याहा दिदीबहिनी प्रिज्मा…

    विस्तृतमा पढ्नुस्

  • २०७५ सालका ५ फिल्म, जसले पस्किए नेपालीपन

    २०७५ सालका ५ फिल्म, जसले पस्किए नेपालीपन

    २०७५ सालमा १ सय ३० फिल्म चलचित्र विकास बोर्डमा दर्ता भयो। करिब १०० को हाराहारीमा फिल्महरु प्रदर्शनमा पनि आए। कति फिल्म विदेश प्रदर्शनमै मात्र सीमित रहे। कति फिल्मको प्रदर्शन मिति नै हेरेफेर भएकाले प्रदर्शनमा आउन सकेनन्।  समीक्षात्मक हिसाबले कमै फिल्म उत्कृष्टको सूचीमा परे यसपाला। यस वर्षका फिल्महरुको व्यापारिक ग्राफ भने निराशाजनक नै रह्यो, समीक्षाजस्तै।  तथापि, करोड क्लबको हल्ला अनि चोरिएका पटकथामा…

    विस्तृतमा पढ्नुस्

  • सुहानाको सफल इन्ट्री, बलिउड प्रभावले ग्रसित: ए मेरो हजुर ३(समीक्षा)

    सुहानाको सफल इन्ट्री, बलिउड प्रभावले ग्रसित: ए मेरो हजुर ३(समीक्षा)

    'ए मेरो हजुर २'बाट निर्देशनमा डेब्यू गरेकी अभिनेत्री झरना थापाको दोस्रो फिल्म त्यसैको सिक्वेल 'ए मेरो हजुर ३' यतिखेर रिलिज भइसकेको छ। निर्देशक शिव रेग्मी (स्वर्गीय)ले निर्देशन गरेको 'ए मेरो हजुर'मा आफै अभिनेत्री भएर काम गरेकी झरनाले फिल्मको तेस्रो संस्करण निर्देशन गरिसक्दा दुई नव कलाकारलाई रजतपटमा डेब्यू गराइसकिन्। 'ए मेरो हजुर २'बाट सलिनमान बनियाँलाई चलचित्र क्षेत्रमा प्रवेश गराएकी झरनाले तेस्रो…

    विस्तृतमा पढ्नुस्

  • 'स्टारकिड' सुहानाको रजतपटमा इन्ट्रीः भन्छिन्, 'निरन्तरता दिने कि नदिने दर्शकको मूल्याङ्कनमा भरपर्छ'

    'स्टारकिड' सुहानाको रजतपटमा इन्ट्रीः भन्छिन्, 'निरन्तरता दिने कि नदिने दर्शकको मूल्याङ्कनमा भरपर्छ'

    सन् २०१६ मा साइकोलोजी अध्ययनका लागि अमेरिका पुगिन् सुहाना थापा। धेरै समयसम्म आमासँग फोनमा कुरा गरेरमात्र उनको दैनिकीको सुरुवात हुन्थ्यो। एकदिन आफू ब्युँझनुअघि नै आमा झरनाले फोन गरिन्। र, सिधै आफ्नो कुरा राखिन्- 'ए मेरो हजुर ३'मा अनमोलसँग साइन गरेँ, तिमी पनि त्यसमा अभिनय गर्दैछौ।' सुहानाले जवाफ फर्काउन नपाउँदै उताबाट फोन काटियो। उनी अन्योलबीच दंग परिन्। अचम्म त तब भयो…

    विस्तृतमा पढ्नुस्

  • दुई टर्किस् फिल्म कपी गरी ठिमाहा बन्न खोज्दा नराम्ररी चिप्लिएको 'लभ स्टेसन'(समीक्षा)

    दुई टर्किस् फिल्म कपी गरी ठिमाहा बन्न खोज्दा नराम्ररी चिप्लिएको 'लभ स्टेसन'(समीक्षा)

    'लभ स्टेसन'को ट्रेलर सार्वजनिक गरेसँगै ट्रेलरमा टर्किस फिल्म 'हेर्से अस्क्तन'का केही दृश्य कपी गरिएको गसिप चल्यो। कतिले फिल्म नै उक्त टर्किस फिल्मबाट प्रभावित हुनसक्ने अनुमान पहिल्यै गरेका थिए। २०१६ मा रिलिज भएको 'हेर्से अस्क्तन' युट्युबमा हेर्न सकिन्छ। 'लभ स्टेसन'मा 'हेर्से अस्क्तन'का अधिकांश पटकथा चोरिएका छन्, तर फिल्मको स्टोरीलाइन भने 'सेभेम्ली तेल्हकेली' को हो। यो पनि टर्किस फिल्म।   लभ स्टेसन'को…

    विस्तृतमा पढ्नुस्

  • 'त्यो सुन्तले ओठ...'ले बम्बई यात्रामा लगाएको ब्रेक

    'त्यो सुन्तले ओठ...'ले बम्बई यात्रामा लगाएको ब्रेक

    भारतको पुनेमा रहेको 'फिल्म एन्ड टेलिभिजन इन्स्टिच्यूट'बाट तीन वर्ष फिल्म, फिल्म इडिटिङ र साउण्डमा इन्जिनियरिङ गरेर तपनाथ शुक्ल सन् १९७५ मा नेपाल फर्के। शिक्षा मन्त्रालय अन्तर्गतको कोलोम्बो प्लानको छात्रवृति पाएर सन् १९७२ मा उनी पुने पुगेका थिए। बलिउडका अहिलेका नाम चलेका कलाकार उनीसँगै पढ्थे त्यहाँ। अभिनेता शक्ति कपुर, मिथ्थुन चक्रवती, नसिरुद्दीन शाह, ओम कपुर उनीसँगै पढेका कलाकारहरु हुन। उनीहरु फिल्म पढ्ने,…

    विस्तृतमा पढ्नुस्

  • मलाई अनमोल सँग दाँज्न मिल्दैन, टक्कर लिए पो हार्नु : सलिनमान

    मलाई अनमोल सँग दाँज्न मिल्दैन, टक्कर लिए पो हार्नु : सलिनमान

    कलाकार सलिनमान बनियाँले फिल्म 'ए मेरो हजुर २'बाट नेपाली रजतपटमा डेब्यू गरेका हुन्। उनको दोस्रो फिल्म 'यात्रा : अ म्यूजिकल भ्लग' प्रदर्शनको तयारीमा छ। संयोग के छ भने उनलाई फिल्ममा डेब्यू गराएकी झरना थापाको फिल्म, या भनौं उनको डेब्यू फिल्मको सिक्वेलसँग उनको नयाँ फिल्म जुध्दै छ। दुबै फिल्म रिलिजको संघारमा पहिलोपोस्टकी रीना मोक्तानले बानियाँसँग कुराकानी गरेकी छिन्:  कस्तो चल्दैछ त 'यात्रा…'को…

    विस्तृतमा पढ्नुस्

  • 'खाडी'ले चर्चामा 'गोबर ल्याँठ' गायक : र्‍यापरको शैलीलाई दर्शकको साथ

    'खाडी'ले चर्चामा 'गोबर ल्याँठ' गायक : र्‍यापरको शैलीलाई दर्शकको साथ

    'विदेश गएर बिर्सेको र पैसा मागेर ल्याङल्याङ गर्नेहरुलाई यो गीत पठाइदिन्छु,' एकजनाले बिदेशबाट रुँदैरुँदै खुसी साटे 'मिस्टर डी'सँग। 'खाडी' शीर्षकको गीतले विदेशिएका युवाको मन छोएकोमा खुशी भए मिस्टर डी। त्यसपछि देखाए युट्युब कमेन्ट। 'आँशु आयो यार ... साला एस्तै भो लाइफ़ ...। तर चाँडै फर्किन्छु घर .. सही छ ब्रो... किप इट अप... लभ फ्रम एबोर्ड,' प्रेम थापाले लेखेका रहेछन्।…

    विस्तृतमा पढ्नुस्

  • मण्डलामा जोखना देखाइँदै, मुन्दुमी संस्कृतिदेखि सामाजिक विसंगतिको खोतलखातल

    मण्डलामा जोखना देखाइँदै, मुन्दुमी संस्कृतिदेखि सामाजिक विसंगतिको खोतलखातल

    काठमाडौं: साकेला नाच्न जाँदा जसे(रुपेश लामा) एकाएक हराउँछन्। वर्षौसम्म घर नफर्कँदा सबैले आश मारिसकेको हुन्छ। कतिले त जसे मरिसकेको ठान्छन्। भाई गौधन(दिवस रसाईंली) दाजू नफर्किदिए हुन्थ्यो भन्ने पक्षमा छन्। भाउजूलाई गिद्दे नजर लगाउने दाउ छ गौधनको। उता जसेकी श्रीमती धनसुवा(संगीता थापा) छोरो निच्छा हुर्काउँदै पति आउने पर्खाइमा छिन्। केराको रुख, तान बुन्ने सेतो डोरी, अनि मिलाएर राखिएका बाँसको पहाड(किराँती समुदायमा…

    विस्तृतमा पढ्नुस्

  • कोरिया सपना बोक्ने भिडकै बीच अस्ट्रेलियाको सपनाको कथा : कागजपत्र (समीक्षा)

    कोरिया सपना बोक्ने भिडकै बीच अस्ट्रेलियाको सपनाको कथा : कागजपत्र (समीक्षा)

    बिहीवार राति १० बजे केएल टावरमा फिल्म केशरी हेरेर फर्किँदा हलको परिसरमा रहेको ग्लोबल आइएमइ बैंकसामु बन्दोबस्तीका सामान सहित युवाहरुको लर्को देखिन्थ्यो। कोरियामा जान चाहनेका लागि परीक्षा दस्तुर बुझाउन बैंक खुल्नु १२ घन्टा अगाडि नै लागेको यो भिडले नेपालीको विदेशिने मोहलाई उजागर गरिरहेको थियो। रहर, वाध्यता वा देखासिखी नै किन नहोस् विदेशिनु नेपालीको नियती बनिसकेको छ। अवसर नपाएर वा पाएकै अवसरबाट…

    विस्तृतमा पढ्नुस्

  • द म्यान फ्रम काठमाडौं : सुस्त फिल्म, छाडेन कुनै छाप (समीक्षा)

    द म्यान फ्रम काठमाडौं : सुस्त फिल्म, छाडेन कुनै छाप (समीक्षा)

    फेजल (अमेरिकी अभिनेता जोसे म्यानुअल), एक मुस्लिम युवकलाई आफ्नो बाबुको खोजी छ। बन्टीबाट फेजल बनेका उनलाई लस एन्जल्समा मुस्लिम भएकै कारण हेयको दृष्टिले हेरिन्छ। नमाज पढ्ने समय नपाएपछि काम छोड्दिन्छन्। शहरका मानिस उनलाई घृणा गर्छन, देखिसहँदैनन्। उनलाई यी सब कुराहरुबीच पनि आफ्नो बाबुलाई खोज्नुछ। फेजलले आफ्नो बाबु भेट्लान्?  बाबु भेट्न उनले सुरु गरेको काठमाडौंसम्मको यात्राबाट अघि बढ्छ फिल्म ‘द म्यान…

    विस्तृतमा पढ्नुस्

  • किताबलाई पर्दामा उतार्न असफल फिल्म 'खाग' (समीक्षा)

    किताबलाई पर्दामा उतार्न असफल फिल्म 'खाग' (समीक्षा)

    ‘के तपाईँ इमान्दार हुनुहुन्छ? यो तपाईँको कथा हो।’ गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘खाग’का पोस्टरमा यस्तै भनाइ समेटिएको भेट्नुहुन्छ। पोस्टरमा लेखिएका ती शब्दले दर्शकलाई हलसम्म जान प्रेरित गर्छन्।  कमल जंग कुँवरद्वारा लिखित किताब ‘गैंडालाई चार वर्ष’मा आधारित छ यो फिल्म। चितवन राष्ट्रिय निकुञ्जमा चार वर्ष वार्डेन रहेका कुँवरले गैंडा संरक्षणका लागि गरेको संघर्ष किताबका हरेका पानामा कोरेका छन्। कितावमा एन्टी…

    विस्तृतमा पढ्नुस्

  • द ब्रेक अप Vs क्याप्टेन : प्रतिस्पर्धा दुई लय गुमाएका फिल्मबीच

    द ब्रेक अप Vs क्याप्टेन : प्रतिस्पर्धा दुई लय गुमाएका फिल्मबीच

    फागुन १७ गते दुई नेपाली फिल्म एकसाथ प्रदर्शनमा आए- अनमोल केसीको ‘क्याप्टेन’ र आशिरमान देशराज जोशी श्रेष्ठको द ‘ब्रेकअप’।  अनमोल र आशिरमान दुवैलाई फिल्ममा डेब्यु गराउने निर्देशक हेमराज बिसीले निर्देशन गरेका हुन् ‘द ब्रेकअप’। 'होस्टेल', 'जेरी' र 'गाजलु'मा सँगै काम गरेका हेमराज र अनमोलको फिल्म पहिलोपटक एकसाथ रिलिज हुनुलाई भिडन्तको रुपमा पनि लिइएको छ। कस्ता छन् त एकै दिनदेखि ठूलो…

    विस्तृतमा पढ्नुस्

  • 'क्याप्टेन'मा प्रियंकाको अनमोलसँग स्क्रिन सेयर: साउथ इन्डियन फिल्ममा काम गर्ने धोको

    'क्याप्टेन'मा प्रियंकाको अनमोलसँग स्क्रिन सेयर: साउथ इन्डियन फिल्ममा काम गर्ने धोको

    काठमाडौं: प्रियंका एम्भी अहिले दंग छिन्। डेब्यू फिल्म 'क्याप्टेन'को प्रचारमा रम्दै छिन्। युवा स्टार अनमोल केसीसँग पहिलो फिल्ममा स्क्रिन सेयर गर्न पाउँदा खुशीको सीमा छैन। फिल्म प्रदर्शनको संघारमा पनि छ। हुन त फिल्ममा उनको मुख्य भुमिका छैन। तर, चलेको ब्यानरबाट दर्शकमाझ आफ्नो अभिनयको छवि छोड्न तयार छिन् उनी। अडिसनको ढोका पार गरेर नै उनी टिममा आबद्ध भएकी हुन्। अनमोलको अभिनयमा…

    विस्तृतमा पढ्नुस्

  • के ‍रवीन्द्र अधिकारीले नै लेखेका थिए 'जोमसोमै बजारमा बाह्र बजे हावा सरर...?'

    के ‍रवीन्द्र अधिकारीले नै लेखेका थिए 'जोमसोमै बजारमा बाह्र बजे हावा सरर...?'

    जोमसोमै बजारमा बाह्र बजे हावा सरर... नेपथ्य ब्यान्डको चर्चित गीतका लेखक को होलान्? हेलिकप्टर दुर्घटनामा परी पर्यटन मन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि केही समाचारमा उक्त गीत अधिकारीले लेखेको भनी चर्चा चलेको छ। दुई वर्षअघि लोकान्तरले यसबारेको समाचार प्रकाशन गरेको छ।  के यो गीत अधिकारीले नै लेखेका हुन् त? यसबारेमा नेपथ्यसँग बुझ्दा गीतसँग अधिकारीको कुनै साइनो नभएको बताइयो। नेपथ्यका म्यानेजर अर्पण शर्मा…

    विस्तृतमा पढ्नुस्

  • ताप्लेजुङको सिस्नेमा १२ वर्षपछि घुन्साकै नियति: पहिलो पर्यटनमन्त्री र बहालवालाको एकैखाले प्रस्थान

    ताप्लेजुङको सिस्नेमा १२ वर्षपछि घुन्साकै नियति: पहिलो पर्यटनमन्त्री र बहालवालाको एकैखाले प्रस्थान

    काठमाडौं : ताप्लेजुङको घुन्सामा १२ वर्षअघि श्री एयरलाइन्सको हेलिकप्टर दुर्घटना भएको थियो। २०६३ असोज ७ गते भएको दुर्घट्नामा विश्वकै परिचित संरक्षणविदहरुको निधन भएको थियो। दुर्घटनामा डाक्टर हर्क गुरुङलगायत २४ जनाको निधन भएको थियो। १२ वर्षपछि त्यही भीआइपीको ज्यान लिने दुर्घट्ना सम्झाउने गरी ताप्लेजुङमै अर्को हेलिकप्टर दुर्घट्ना भएको छ। जिल्ला उही, दुर्घट्नाको कारण पनि उस्तै। '१२ वर्षपछि बगेको खोला फर्कन्छ' भने झैं…

    विस्तृतमा पढ्नुस्

  • ‘रिस्क’मा रमाउने बन्जी क्रु'को कथा

    ‘रिस्क’मा रमाउने बन्जी क्रु'को कथा

    भोटेकोशी गाउँपालिकास्थित चाकु भन्ने ठाउँबाट आधा घण्टा हिँडेर पुगिने मार्मिङमा झोलुङ्गे पुल बन्यो। पुलबाट मान्छे डोरीमा खुट्टा बाँधेर हाम फाल्थे। गाउँलेका लागि उक्त दृश्य नौलो थियो। चाकुका स्थानीय भोला श्रेष्ठ साथीहरुसँग लस्करमा मिलेर बन्जी हेर्न पुग्थे। डोरीको भरमा रमाउँदै फाल हानेको दृश्यले उनलाई चकित पार्थ्‍यो। केही समयपछि त्यही दृश्य हेर्दै रमाउन थाले।  त्यतिखेर बन्जी जम्प गर्नेहरु अधिकांश विदेशी हुन्थे। तर,…

    विस्तृतमा पढ्नुस्

  • 'क्याप्टेन' अनमोल भन्छन्, ‘म फिल्मी किरो नै हुँ’

    'क्याप्टेन' अनमोल भन्छन्, ‘म फिल्मी किरो नै हुँ’

    पाँचौँ फिल्म 'कृ' प्रदर्शनमा आइसकेपछि अभिनेता अनमोल केसीसामु चुनौती खडा भयो ‘अब कुन विषयमा फिल्म गर्ने’। लभ स्टोरीबाट चर्चामा आएका उनले एक्सन जनरको स्वाद पनि आफ्ना दर्शकलाई चखाए। त्यसपछि उनी केही फरक गर्न चाहन्थे। उनी चाहन्थे विषय केही नयाँ होस्, नदोहोरियोस् अनि राष्ट्रिय हिरोको कथा होस्। त्यसका लागि आफूलाई 'स्पोर्टस ड्रामा' भन्दा अरू उत्कृष्ट नलागेको सम्झन्छन् उनी। त्यसैले बुवा भुवन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell