PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

  • अभिनेता आर्यन सिग्देलको फरक इन्ट्री भन्छन्, 'कायरा मौनतापछिको कोलाहल हो'

    अभिनेता आर्यन सिग्देलको फरक इन्ट्री भन्छन्, 'कायरा मौनतापछिको कोलाहल हो'

    अभिनेता आर्यन सिग्देलले फिल्म लेखनमा पनि हात हाले। उनको कथा तथा अभिनय रहेको फिल्म 'कायरा' युनिट प्रचार प्रसारमा व्यस्त छ। चक्लेटी अभिनेताको रूपमा चिनिएका उनको केही समययता कुनै चर्चा छैन। अब कायरा'मार्फत हुन लागेको फरक इन्ट्रीले उनको करियरलाई कस्तो मोड देला? आर्यन सिग्देलले फिल्म लेखनको सुरुवाती दिन सम्झन्छन्, 'लक्ष्मण रिजालले फोनमा फिल्मी शैलीले बोलेको एउटै डायलगले मलाई कथा बनाउन प्रेरित…

    विस्तृतमा पढ्नुस्

  • डाक्टर नरेशको फिल्म यात्रा, भन्छन् 'दुर्घटनाले निर्देशक बनेको होइन'

    डाक्टर नरेशको फिल्म यात्रा, भन्छन् 'दुर्घटनाले निर्देशक बनेको होइन'

    राष्ट्रिय र अन्तर्राष्ट्रिय अवार्ड विजेता फिल्म 'डाइङ क्यान्डल' निर्देशक हुन् नरेश कुमार केसी। पहिलो फिल्मबाट नै फिल्मकर्मी र दर्शकले सम्भावना बोकेका निर्देशकको रूपमा उनको चर्चा गरे। तर उनी स्वयंलाई भने समय लिएर बनाएको भए अझै राम्रो गर्न सकिन्थ्यो भन्ने लागिरह्यो। 'डाइङ क्यान्डलसँग मेरो इमोसन जोडियो। केही हतारमा बनाएँ।' उनको सपना थियो- आफूले निर्देशन गरेको पहिलो फिल्म आमालाई देखाउने। आमा क्यान्सरको…

    विस्तृतमा पढ्नुस्

  • प्रेमबारे साम्राज्ञी भन्छिन्, 'जीवनमा कति जना आउँछन् कति जना जान्छन्'

    प्रेमबारे साम्राज्ञी भन्छिन्, 'जीवनमा कति जना आउँछन् कति जना जान्छन्'

    'ड्रिम्स', 'ए मेरो हजुर २' लगायत फिल्ममार्फत चिनिएकी अभिनेत्री साम्राज्ञी शाहले ६ वटा फिल्म गरिसकेकी छिन्। छोटो समयमै व्यस्त बनेकी र सामाजिक सञ्जालमा धेरै फ्यान फलोइङ बटुलेकी उनको इन्डस्ट्रीमा इन्ट्री भने फिल्मको कथा जस्तै लाग्छ।  सानैदेखि ऐनामा हेरेर नाच्ने, काल्पनिक संवाद बोल्ने उनको बानी थियो। उनको बालपनका ती चुलबुलेपन बुवाले कैद गर्थे भिडियोमा। पुराना कुराहरु सम्झिए जसरी भन्छिन्,'हिरोइन हुनका लागि…

    विस्तृतमा पढ्नुस्

  • नेपाली फिल्म फ्लपैफ्लप, कारण : स्टार कलाकार नै पैसामुखी, मेहेनतको खडेरी, एकैपटक धेरै प्रोजेक्टमा हात!

    नेपाली फिल्म फ्लपैफ्लप, कारण : स्टार कलाकार नै पैसामुखी, मेहेनतको खडेरी, एकैपटक धेरै प्रोजेक्टमा हात!

    असार महिनामा फिल्महरु 'तिमी हुन्छौ जहाँ जहाँ', 'एक्स्ट्रा माया', 'ए सोल्टीनी' , 'चोखो माया' 'बोबी', 'बाबु कान्छा', 'वीरङ्गना' र 'यो पागल मन' प्रदर्शनमा आए। फिल्ममा चलेका कलाकार वा निर्माता निर्देशक भएर पनि, तीमध्ये प्राय प्रिमियर शोपछि लगभग एक साता पनि हलमा टिकेनन्।  दर्शकले रुचाएका नायक नायिका फिल्म निर्माताको पहिलो रोजाईमा पर्छन्। आफ्नो प्रोजेक्टमा उनीहरुलाई राखे फिल्म हिट हुने विश्वास धेरै…

    विस्तृतमा पढ्नुस्

  • 'रोमियो एण्ड मुना'ले चित्रकार बनायो सृष्टिलाई

    'रोमियो एण्ड मुना'ले चित्रकार बनायो सृष्टिलाई

    मिस नेपाल २०१२ सृष्टि श्रेष्ठ पेन्टिङ पारखी हुन्। विश्व प्रख्यात चित्रकार विन्सेन्ट व्यान गगबाट उनी प्रभावित छिन्। गगका २ हजारभन्दा बढी पेन्टिङहरू छन्। सन फ्लावर, द पोट्याटो इटर, द स्टारी नाइट, सरो पेन्टिङहरू विश्व प्रख्यात छन्। उनी पोस्ट इम्प्रेसनिष्ट चित्रकार हुन्। भनिन्छ, उनी जीवित रहुँन्जेल उनका पेन्टिङहरूलाई कसैले बुझेनन्। त्यही फ्रस्ट्रेसनका कारण उनले ३७ वर्षको उमेरमा उनले आत्महत्या गरे। र,…

    विस्तृतमा पढ्नुस्

  • आजबाट उपत्यकामा बक्स अफिस लागू 

    आजबाट उपत्यकामा बक्स अफिस लागू 

    काठमाडौं : आजबाट उपत्यकाका सम्पूर्ण हलमा बक्स अफिस लागू भएको छ। चलचित्र विकास बोर्डका सदस्य तथा बक्स अफिस कार्यन्वयन समिति संयोजक नरेन्द्र महर्जनले बक्स अफिस लागू भएको जानकारी दिए। पहिलोपोस्टसँगको कुराकानीमा उनले भने, 'हामी सबै सफल भयौं।' संचारमन्त्री गोकुल प्रसाद बास्कोटाले उद्घाटन गरेपछि बक्स अफिस औपचारिक रुपमा सुरू हुनेछ। मङ्गलबार २:३० मा संचारमन्त्रीले बोर्डमा पुगेर बक्स अफिसको उद्घाटन गर्नेछन्। बक्स…

    विस्तृतमा पढ्नुस्

  • रोनाल्डोको फ्यान ज्योति मगर, आज कराउँदै छिन् ब्राजिल ब्राजिल

    रोनाल्डोको फ्यान ज्योति मगर, आज कराउँदै छिन् ब्राजिल ब्राजिल

    २००६ मा पहिलोपटक मोडल तथा गायिका ज्योति मगरले विश्वकप फुटबल हेरेकी थिइन्। भर्खर रोल्पाबाट काठमाडौँ आएकी थिइन्। असन चोकमा ठुलो पर्दा। पर्दामा फुटबल र वरपर मान्छेको भीड। बीचबीचमा भीड कराउँथ्यो ‘गोल’। फुटबल नबुझे पनि त्यतिखेर ज्योतिले थाहा पाइन् फुटबलको महाकुम्भ विश्वकपबारे। भन्छिन् 'सानै थिएँ। फुटबल बुझ्नु परको कुरा। हेरेर ट्वाल्ल पर्थेँ।’ अहिले बुझ्नेमात्र होइन विश्वकपमा रमाउँछिन्। अर्जेन्टिना, पोर्चुगल र ब्राजिल…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप जसले जिते पनि जितोस् तर ब्राजिलले हार्नुपर्‍यो : अभिनेत्री पूजा शर्मा 

    विश्वकप जसले जिते पनि जितोस् तर ब्राजिलले हार्नुपर्‍यो : अभिनेत्री पूजा शर्मा 

    अभिनेत्री पूजा शर्माका लागि विश्वकप २०१८ को उत्साह कम भइसकेको छ। फाइनलमा जुन टिम पुगे पनि उनलाई फरक पर्दैन।  किनकि उनले समर्थन गरेको टिम अर्जेन्टिना अन्तिम १६ बाट बाहिरिसक्यो। फ्रान्ससित ४-३ ले पराजित हुँदै आफूले समर्थन गर्दै आएको टिम हारेपछि उनमा विश्वकपको रौनक कम भएको हो।  उनले सुनाइन् 'आफूले सपोर्ट गरेको टिम हारेपछि जसलाई पनि दु:ख लाग्छ नि। मलाई पनि…

    विस्तृतमा पढ्नुस्

  • 'एक्सन' र 'कट्'मा धमलाको यस्तो थियो धुन

    'एक्सन' र 'कट्'मा धमलाको यस्तो थियो धुन

    बैठक कोठामा चियाको प्याला, सोफा सेट अनि छेउमा करिब ८ जना जतिको समूह। चिया पिउँदै गरेका संचारकर्मी ऋषि धमलालाई श्रीमती एलिजा गौतमले कोट लगाइदिन्छन्। फोन संवादमा व्यस्त धमला चियाको कप टेबुलमा राख्दै कामका लागि निस्कन लाग्दा एलिजालाई अंकमाल गरेर चुम्बन गर्छन्।  त्यसपछि ठूलो आवाजमा गुञ्जिन्छ 'कट'। यो धमलाको घरमा भइरहेको छायाँकनको दृश्य हो। धमलामाथि नै बनेको गीतको छाँयाकन।  सुटिङ रिपोर्ट…

    विस्तृतमा पढ्नुस्

  • ब्राजिल त मेरो ब्वायफ्रेण्ड नै हो, अरुतिर आँखा नि लाउन्न : बेनिशा हमाल 

    ब्राजिल त मेरो ब्वायफ्रेण्ड नै हो, अरुतिर आँखा नि लाउन्न : बेनिशा हमाल 

    समूह चरण अन्तर्गत आज तेस्रो खेलमा भिड्दैछ ब्राजिल। दुई खेलमा एक जित र एक बराबर रिजल्ट निकालेको छ ब्राजिलले। समूह चरणमा ब्राजिलको पहिलो जितपछि अभिनेत्री बेनिशा हमाललाई चितवनबाट आमाको फोन आयो। दिदीको पनि। कुरो दुवैको एकै थियो- ल बधाई छ। उनीहरुसँग रहेका बुबाले पनि थपे – अब अर्को राउन्डमा गयो।  अभिनेत्री हमाल विश्वकपमा ब्राजिलको समर्थक। २००२ देखि नै ब्राजिलको सपोर्ट…

    विस्तृतमा पढ्नुस्

  • मेस्सी सोल्टीले पो खेल्नै सक्नुभएन : इकु

    मेस्सी सोल्टीले पो खेल्नै सक्नुभएन : इकु

    ‘नानी तक तानी तानी तक नानी इकु इकु’ भन्दै नेपाल टिभीमा देखिने ‘वनमान्छे’ इकु यतिबेला ‘ब्राजिल ब्राजिल’को नारा लगाउँदै छन्। शुक्रबार साँझको खेलमा ब्राजिलले कोस्टारिकालाई २ गोलको अन्तरले जितेपछि इकुको खुशी ह्वात्तै चुलिएको छ। मनपर्ने टिमको समर्थन गर्ने होडबाजीमा सामाजिक सञ्जाल फेसबुकका प्रोफाइल खेलाडीका तस्वीर राख्नेदेखि समर्थन गरेको टिमको जर्सी किन्ने ट्रेन्ड नै छ। यस्तोमा ब्राजिल टोलीको डाइ हार्ट फ्यान…

    विस्तृतमा पढ्नुस्

  • केकीलाई निलु डोमाको अन्तिम चिनो : अर्जेन्टिनाको जर्सी

    केकीलाई निलु डोमाको अन्तिम चिनो : अर्जेन्टिनाको जर्सी

    सन् २०१४ को विश्वकप फुटबल अभिनेत्री केकी अधिकारीको लागि अविस्मरणीय छ। फाइनलमा थियो उनले समर्थन गरेको टिम अर्जेन्टिना र जर्मनीबीच। 'फाइनलमा पुगेर पनि जित्न सकेन,' केकी सम्झन्छिन् र हत्तपत्त भन्छिन्, 'तर, हार र जितभन्दा माथि खेलसँग जोडिएका यादहरू छन्।' यति के भनेकी थिइन् उनको नजर आफ्नै जर्सीमा पर्‍यो। सँगै उनको आँखामा आँसु टिल्पिलायो। 'मलाई यो जर्सी निलु डोमाले दिएकी हुन्,’…

    विस्तृतमा पढ्नुस्

  • सुनील थापाको फुटबल स्मरणः 'बुबाको काजकिरियामा पनि झ्यालबाट चियाउँदै वर्ल्डकप हेर्थेँ'

    सुनील थापाको फुटबल स्मरणः 'बुबाको काजकिरियामा पनि झ्यालबाट चियाउँदै वर्ल्डकप हेर्थेँ'

    चर्चित कलाकार सुनील थापाले फुटबल खेल्न छोडेको धेरै भइसक्यो। पूर्व फुटबलरसमेत रहेका उनी मैदानमा उत्रिन छाडे पनि फुटबल हेर्न भने छोडेका छैनन्। फुटबलको कुम्भमेला, विश्वकप सुरु भएसँगै उनको व्यस्तता पनि बढेको छ। अहिले उनी एभरेस्ट फिल्म एकेडेमीमा पढाउँछन्। अर्कोतिर उनै ‘राते काइँला’ अनमोल केसीसँगको फिल्म ‘क्याप्टेन’को सुटिङमा पनि व्यस्त छन्। व्यस्तताबीच विश्वकपका लागि उनले आफ्नो सेड्युल मिलाएका छन्। भुवन केसीसँग…

    विस्तृतमा पढ्नुस्

  • फुटबल बाजीमा माहिर श्वेता : श्रीकृष्ण श्रेष्ठलाई नै हराएकी थिइन्

    फुटबल बाजीमा माहिर श्वेता : श्रीकृष्ण श्रेष्ठलाई नै हराएकी थिइन्

    १४ इन्चको रंगिन टिभी, सिआरटी। हुरी बतासले एन्टिना हल्लिँदा च्यानल चैट। एन्टिना चलाउन भाइहरु छतमा। टिभीमा रोनाल्डोको खेल सुरु हुन्थ्यो। त्यसपछि चिच्याउँथिन् १२ वर्षीया श्वेता- च्यानल आयो...आयो…आयो। अभिनेत्री श्वेता खड्काले यसरी नै पहिलोपटक विश्वकप हेरेकी थिइन्।   त्यसयता यस्ता चार विश्वकप हेरिसकेकी छिन् श्वेताले। यसपाली घरमा प्रोजेक्टरबाट विश्वकप हेर्दैछिन्। ठूलो पर्दामा विश्वकप हेर्नका लागि उनले सम्पूर्ण म्यूजिक सिस्टम पनि मिलाइ…

    विस्तृतमा पढ्नुस्

  • प्रमोद खरेलमा वर्ल्डकप फिभर : अर्जेन्टिनालाई समर्थन, विकल्पमा ब्राजिल

    प्रमोद खरेलमा वर्ल्डकप फिभर : अर्जेन्टिनालाई समर्थन, विकल्पमा ब्राजिल

    खेलप्रेमी गायक प्रमोद खरेल विश्वकप फुटबल हेर्नका लागि निकै उत्साहित छन्। प्रतियोगिताका सेड्युल पनि उनी अनुकुल नै छ यसपाला।  'समय मिलेको छ, दिनभरि रेकर्डिङ भए पनि बेलुका फुटबल हेर्न भ्याइन्छ,' उनले भने। यसपाला अर्जेन्टिनाको समर्थनमा छन्, उनी। अर्जेन्टिनाको एउटा म्याचका बेला उनी कार्यक्रमका लागि पोखरामा हुनेछन्। त्यही हेर्ने चाँजोपाजो मिलाइसके। विश्वकप हुँदा आधा समय नेपाल र आधा अमेरिकामा हुनेछन् उनी।…

    विस्तृतमा पढ्नुस्

  • आफ्नै कथा, आफैँ कास्ट : एउटा प्रेमिल घटनाको फिल्मी रुप

    आफ्नै कथा, आफैँ कास्ट : एउटा प्रेमिल घटनाको फिल्मी रुप

    पोखराको एउटा पौडी पोखरी। कविताले पहिलोपटक त्यहीँ उमेशलाई देखिन्। 'फस्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन' भने झैं पहिलो लुक मै कविता उमेशदेखि प्रभावित भइन्।  आफूलाई केटा झै ठान्ने कविता त्यतिखेर १९ वर्षकी थिइन्। जुन दिन उनले उमेशलाई देखिन् त्यसैदिनबाट उनलाई अनुभूति भयो उनी – किशोरी हुन्। 'स्विमिङ पुलमा उमेशलाई देख्दा मैले केटी स्वभाव महसुस गरेँ,’ पहिलो नजरको बयान गरिन्, ‘म लजाएँ।'…

    विस्तृतमा पढ्नुस्

  • पितृसत्तात्मक सोचको उपज 'अश्वेत'

    पितृसत्तात्मक सोचको उपज 'अश्वेत'

    काठमाडौं : माता रेनुका  असङ्ख्य प्रश्न, त्राससहित सेतो साडीमा उभिएकी छिन्।  केही बिराएकी उनको मनमा थोरै आशा पनि बाँकी नरहेको होइन। सँगै छन् उनका पति जमदग्नि, जो सुनुवाई गर्न बसेका छन्।  पूजा गर्न ढिला भएका कारणमा जमदग्निले रेनुकालाई मार्न आफ्ना दुई छोराहरुलाई आदेश दिन्छन्। बुबाको आदेशमा आमाको काटेर हत्या गर्छन् छोरा परशुरामले।   पौराणिक घटनाको एउटा दृश्यसँगै शूरु हुन्छ नाटक…

    विस्तृतमा पढ्नुस्

  • धमलामाथि गीतबाटै हमला : नचिन्ने त को होला र ऋषि धमला …

    धमलामाथि गीतबाटै हमला : नचिन्ने त को होला र ऋषि धमला …

    “साँझ दिउँसो बिहान सँधै मिडियामा कराउने किन होला सबै नेता तिमीदेखि डराउने धमला धमला ऋषि धमला …   चर्का कुरा नगर बोली सम्हाल … नचिन्ने त को होला र ऋषि धमला …” रिपोटर्स क्लबका ‘स्थायी अध्यक्ष’ ऋषि धमलामाथि बनेको गीतको एक अन्तरा हो यो। धमलामाथि बनेको गीतको रेकर्डिङमा उनी नाचेको भिडियो यतिखेर युट्युबमा निक्कै चर्चित छ। फुरुङ्ग हुँदै गायक, गायिकासँगै…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell