PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

विश्वकप जसले जिते पनि जितोस् तर ब्राजिलले हार्नुपर्‍यो : अभिनेत्री पूजा शर्मा 



रीना मोक्तान

विश्वकप जसले जिते पनि जितोस् तर ब्राजिलले हार्नुपर्‍यो : अभिनेत्री पूजा शर्मा 

अभिनेत्री पूजा शर्माका लागि विश्वकप २०१८ को उत्साह कम भइसकेको छ। फाइनलमा जुन टिम पुगे पनि उनलाई फरक पर्दैन।  किनकि उनले समर्थन गरेको टिम अर्जेन्टिना अन्तिम १६ बाट बाहिरिसक्यो। फ्रान्ससित ४-३ ले पराजित हुँदै आफूले समर्थन गर्दै आएको टिम हारेपछि उनमा विश्वकपको रौनक कम भएको हो। 

उनले सुनाइन् 'आफूले सपोर्ट गरेको टिम हारेपछि जसलाई पनि दु:ख लाग्छ नि। मलाई पनि दु:ख लाग्यो।' 

पछिल्लो विश्वकपदेखि उनले विश्वकप हेर्न थालेकी हुन्। पछिल्लो समयमा त्यति ध्यान नदिए पनि यो २०१८ को विश्वकपमा भने रमाउन सिकेकी थिइन्। 

यसपालि उनले बाजी पनि राखेकी थिइन्। अफिस (फिल्म निर्माण सम्बन्धि)का साथीहरुसँग ३५ हजारको बाजी हारिन्। बाजीबारे भनिन् 'अर्जेन्टिना जित्छ भनेर बाजी राखेकी थिएँ। तर हारें।'

उनी फुटबल त्यति हेर्दिनन्। तर सानैदेखि रेस्लिङ भने खुब हेर्थिन्।  'म रेस्लिङ हेर्ने केटी हुँ। फुटबल अलिअलि मात्र हो।' फुटबलमा धेरै इन्ट्रेस्ट लाग्दैन।'

उनी बास्केटबल खेलाडी थिइन्। 'फुटबल भन्दा पनि म बास्केटबल खेल्न मान्छे। हाइस्कोर हान्ने नै म हुन्थेँ।'  एक समय बास्केटबलको टपर नै रहेको सम्झना गरिन्।  

अर्जेन्टिनाले हारेपछि ब्राजिलले हारोस् भन्ने उनको भित्री इच्छा छ। भनिन्, 'मेक्सिकोसँग भएको ब्राजिलको खेलमा ब्राजिल हारोस् भनेर हेरेको थिएँ तर जित्यो। अब बेल्जियमसित क्वार्टर फाइनल पनि हारोस् भन्ने लाग्छ।' 

उनका भाइ ब्राजिल सपोर्टर हुन्। त्यसैले पनि ब्राजिल हारोस् भन्ने लाग्छ उनलाई। 

फाइनल जसले जिते पनि ब्राजिलले हारोस् भन्ने उनको इच्छा छ। 'जसले जिते पनि मतलब छैन, ब्राजिलले हारोस्। अरु टिमका जसले जिते पनि हुन्छ,' थपिन्।  

उनलाई अर्जेन्टिना टिमका खेलाडी मेस्सी मनपर्छ। जर्सी लगाएर फोटो सामाजिक सञ्जालमा अप्लोड गर्न रचाउँदिनन्। अर्जेन्टिना हारेसँगे उनले मेस्सी र आफू उस्तै रहेको भन्दै स्टाटस लेखेकी थिइन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी थिइन् ' मेस्सी र म उस्तै छौं। जब म खेल्न थाल्छु परिस्थितिहरुले घेरिन्छु। रामकहानी प्रदर्शन मितिमा धैरे फिल्म प्रदर्शनमा आएका छन्। ठीकै छ। यो मेस्सीले फुटबल खेल्दा हुने जस्तै हो। तपाइँ उनलाई माया गर्नुहुन्छ या हुन्न, तर केहीले उनलाई लडाउन सक्दैन। किनकी उनीसँग उनका फ्यानहरुको माया छ। म आफै पनि खेलाडी हुँ। म सँग मेरा फ्यानहरुको माया छ। म फिल्म भदौ २२ मा रिलिज गर्छु।'  

उनलाई मेस्सीका ट्रोलहरुले दुखित पनि बनाएको थियो। हाँस्दै जोडिन्, 'ब्राजिल टिमका नेमार पनि त छुँदा पनि ढल्छ भनेर ट्रोल बनेका छन्।'

उनले २०२२ मा हुने विश्वकपमा पनि अर्जेन्टिनाको समर्थन गर्ने बताइन्।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell