PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

'रोमियो एण्ड मुना'ले चित्रकार बनायो सृष्टिलाई



रीना मोक्तान

'रोमियो एण्ड मुना'ले चित्रकार बनायो सृष्टिलाई

मिस नेपाल २०१२ सृष्टि श्रेष्ठ पेन्टिङ पारखी हुन्। विश्व प्रख्यात चित्रकार विन्सेन्ट व्यान गगबाट उनी प्रभावित छिन्। गगका २ हजारभन्दा बढी पेन्टिङहरू छन्।

सन फ्लावर, द पोट्याटो इटर, द स्टारी नाइट, सरो पेन्टिङहरू विश्व प्रख्यात छन्। उनी पोस्ट इम्प्रेसनिष्ट चित्रकार हुन्। भनिन्छ, उनी जीवित रहुँन्जेल उनका पेन्टिङहरूलाई कसैले बुझेनन्। त्यही फ्रस्ट्रेसनका कारण उनले ३७ वर्षको उमेरमा उनले आत्महत्या गरे। र, मृत्युपछि उनका पेन्टिङहरू विश्वकै महङ्गा पेन्टिङ बन्न पुगे।

'आजभोलि म आफैँ पनि चित्र कोर्न थालेको छु,' उनी आफ्नो रुचिको कुरा सुनाउँछिन्। स्केच अनि पेन्टिङप्रति झुकाव विन्सेन्टका पेन्टिङ, उनीमाथि बनेका फिल्महरू हेरेपछि र उनका लेखहरू पढेपछि झनै बढेको बताइन्। 

फिल्म रोमियो एण्ड मुनाले उनलाई विन्सेन्टबारे जान्ने कौतुहलता बढायो। फिल्ममा उनी पेन्टरको भूमिकामा देखिएकी छिन्। जसका लागि चरित्रमा काम गर्न उनले आवश्यक खोज र अनुसन्धान गरिन्।

साथै राजेन्द्र महर्जनबाट स्केच पनि सिकिन्। 'फिल्म फ्लोरमा जानुअघि विन्सेन्टका स्टारी नाइट र सन फ्लावर पेन्टिङबारे धेरै कुरा गुगल गरेँ। त्यसपछि अरू जानकारीका लागि कौतहुल भएँ,' उनले सुनाइन्

सृष्टिले युकेमा रहेको परिवार नभेटेको डेढ वर्ष भैइसक्यो। अहिले उनी पाटनमा बस्छिन्। एक्लोपनलाई भुलाउन चित्र उनको साथी भएको बताउँछिन्। ‘कामबाट फुर्सद मिल्दा भाइबरमा परिवारसँग कुरा त हुन्छ तर समय फरक भएकाले सधैँ कुरा हुन सम्भव छैन,’ भन्छिन्, 'यस्तोमा कलम, कागज र रङ्गहरू राम्रा साथी बनेका छन्।' 

घर परिवारबाट टाढा रहेकी उनले फिल्म क्षेत्रमा अर्को परिवार पाएकी छिन्। सबै फिल्म युनिटले आफूलाई परिवारले जस्तै व्यवहार गर्ने बताइन्। 'झन् रोमियो एण्ड मुना' युनिटले त कलाको एउटा सुन्दर माध्यमसँग नजिक बनाइ दियो,' उनले थपिन्।

 

सौगात मल्लसँगको प्रेम

अहिले सृष्टि फिल्म र चित्रबाहेक अरू केहीसँग खुसी छिन् भने त्यो हो प्रेम जीवन।  उनी अभिनेता सौगात मल्लसँग प्रेम सम्बन्धमा छिन्। एक अर्कालाई बुझ्नुले आफूहरूलाई बाँधी राखेको बताउँछिन्। भन्छिन्, 'हामी एक अर्कालाई सपोर्ट गर्छौँ। हामीमा धेरै व्यवहार मिल्छ। उहाँ पनि मजस्तै अन्तर्मुखी हुनुहुन्छ।'

यी दुईको सम्बन्धमाथि थुप्रै गसिप बने, टिप्पणी भए तर यो सबलाई सामान्य रूपमा लिन्छिन्। 'हामी आफ्नो काम गर्ने हो। मिडियाले आफ्नो। विवादको पछि लाग्ने नलाग्ने पाठक तथा दर्शकको पक्षको कुरा हो,' उनले भनिन,  ‘सबैको काम हन्छ। नेपालमा प्रेसलाई होडबाजी छ। एउटा शीर्षक र विषयले अन्यभन्दा राम्रो हुने होडबाजी। कहिलेकाहीँ त्यो होडबाजीमा सत्य कुरा हुँदैन। त्यो दु:खको कुरा हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell