PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

के ‍रवीन्द्र अधिकारीले नै लेखेका थिए 'जोमसोमै बजारमा बाह्र बजे हावा सरर...?'



रीना मोक्तान

के ‍रवीन्द्र अधिकारीले नै लेखेका थिए 'जोमसोमै बजारमा बाह्र बजे हावा सरर...?'

जोमसोमै बजारमा बाह्र बजे हावा सरर...

नेपथ्य ब्यान्डको चर्चित गीतका लेखक को होलान्?

हेलिकप्टर दुर्घटनामा परी पर्यटन मन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि केही समाचारमा उक्त गीत अधिकारीले लेखेको भनी चर्चा चलेको छ।

दुई वर्षअघि लोकान्तरले यसबारेको समाचार प्रकाशन गरेको छ। 

के यो गीत अधिकारीले नै लेखेका हुन् त?

यसबारेमा नेपथ्यसँग बुझ्दा गीतसँग अधिकारीको कुनै साइनो नभएको बताइयो। नेपथ्यका म्यानेजर अर्पण शर्मा गीतसँग अधिकारीको कुनै संग्लनता नरहेको बताए।

पहिलोपोस्टसँगको कुराकानीमा उनले भने 'होइन। मेरो अमृत दाइसँग पनि कुरा भइसक्यो। यो कुराहरु कहाँबाट आयो के गरी आयो मलाई थाह भएन।'

अमृतले भने सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् 'कस्तो दुखद समाचार। स्तब्ध...।'

त्यसो भए को हुन् त यो गीतका रचनाकार।

नेपथ्यले अपलोड गरेको भिडियोमा यस गीतका रचनाकार रक्ष गुरुङ भएको उल्लेख गरिएको छ। नेपथ्यका म्यानेजर शर्माले पनि गीतका लेखक रक्ष नै भएको दाबी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell