PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

प्लेयर्स टू वाच : यी खेलाडी जसमा निर्भर छ शीर्ष ८ मा पुग्ने सम्भावना



पहिलोपोस्ट

प्लेयर्स टू वाच : यी खेलाडी जसमा निर्भर छ शीर्ष ८ मा पुग्ने सम्भावना

आजबाट विश्वकपमा नक-आउट चरणका खेलहरु सुरु हुँदैछ। बेलुकी ७:४५ मा फ्रान्सले अर्जेन्टिनाको सामना गर्दैछ। यस्तै ११:४५ मा उरुग्वे र पोर्चुगल भिड्दै। यी दुर्इ खेलमा विजयी टोलीहरु क्वाटर फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। आजका खेलमा धेरैको नजर यी खेलाडीमाथि रहनेछ -


एन्टोनी ग्रिजम्यान, फ्रान्स

फ्रान्सले सन् १९९८ मा विश्वकप उपाधि जितेको थियो। समूह चरणका दुर्इ खेल जित्दै आफ्नो अन्तिम खेल बराबरीमा टुंग्याएको फ्रान्ससामु आज अर्जेन्टिना हुनेछ। उनीहरुका लागि लियोनल मेसोलार्इ रोक्नुपर्ने चुनौती त रहने नै छ। साथै खेल जित्नै पर्ने दबाब पनि रहनेछ। समूह चरणको अन्तिम खेलमा डेनमार्कसँग अप्रत्याशित बराबरी खेलेपछि फ्रान्समाथि आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने दबाब बढेको छ। 
२७ वर्षीय फरवार्ड एन्टोनी ग्रिजम्यान डेभिड बेकह्यामलाई आफ्नो प्रेरणा मान्छन्। 

अस्ट्रेलियासँगको पहिलो खेलमा ग्रिजम्यानले एक गोल गरेर फ्रान्सलार्इ अग्रता दिलाएका थिए। उनले फ्रान्सका लागि ५६ खेलमा २१ गोल गरेका छन्। एट्लेटिको मड्रिडबाट व्यवसायिक फुटबल खेल्दै आएका ग्रिजम्यान जीक्यु म्यागेजिनले २०१६ को वर्ष पुरुष घोषणा गरेको थियो।
अर्जेन्टिनालार्इ पराजित गर्न एन्टोनी ग्रिजम्यानले फ्रान्सली टोलीले केही नयाँ रणनीति अपनाउने विश्वास गरिएको छ। 


लियोनल मेसी, अर्जेन्टिना

अर्जेन्टिनाले १९७८ र १९८६ मा गरी दुर्इ पटक विश्वकप उपाधी जितिसकेको छ। रसिया विश्वकपमा पनि अर्जेन्टिनालार्इ उपाधी दाबेदारका रुपमा हेरिएको छ। तर, समूह चरणमा त्यति राम्रो प्रदर्शन गर्न नसकेको अर्जेन्टिनिविरुद्ध प्रतियोगितामा राम्रो नतिजा ल्याउन सफल टोली फ्रान्स रहेको छ। 

नाइजेरियासँगको खेलमा मेसीले १४ मिनेटमा गोल गरी अर्जेन्टिनालार्इ अग्रता दिलाएका थिए। नाइजेरीयाले खेल बराबरी गरेको अवस्थामा रोजोले अर्जेन्टिनाका लागि निर्णायक गोल गरे र  अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गर्योज। खेलपछि रोजोले खेलको हाफ टाइममा मेसीले टोलीलार्इ खेल गर या मर भएको र जति हुन्छ बल टार्गेटमा प्रहार गर्न भनेको बताएका थिए। आज पनि अर्जेन्टिना लियोनेल मेसीको कप्तानीमा फ्रान्सविरुद्ध मैदानमा उत्रँदैछ। धेरैले मेसीको यो नै अन्तिम विश्वकप हुने आंकलन गरेका छन् तर मेसीले ३१ औं जन्मदिन मनाइरहँदा अर्जेन्टिनालार्इ विश्वकप नजिताइ सन्यास नलिने बताएका थिए। त्यसैले पनि मेसीमाथि फुटबल जगतकै नजर रहनेछ। 

फुटबल सुपरस्टार मेसीले अर्जेन्टिनाका लागि १२७ खेलमा ६५ गोल गरिसकेका छन्। बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्दै आएका मेसीले उक्त क्लबको विभिन्न उमेर समूहबाट ५ सय ६३ गोल गरेका छन्।

लुइस सुआरेज, उरुग्वे

उरुग्वेविरुद्ध मैदानमा आज पोर्चुगल हुनेछ। उसका लागि मुख्य चुनौती भन्नु नै क्रिस्टियानो रोनाल्डो हुनेछन्। तर, उरुग्वेसँग लुइस सुआरेज जस्ता खेलाडी पनि छन् जसले रोनाल्डोलार्इ टक्कर दिन सक्छन्। लुइस सुआरेजले समूहको दोस्रो खेलमा उरुग्वेका लागि सयौं खेल खेल्दै साउदी अरेबियाविरुद्ध निर्णायक गोल गरी उरुग्वेलार्इ विश्वकपको दोस्रो चरणमा पुर्याकएका थिए। रसियाविरुद्धको खेलमा पनि सुआरेजले पहिलो गोल गरे। सो खेलमा उरुग्वे ३-० ले विजयी भयो। यसैसँग उरुग्वेका मुख्य गोलकर्ता रहेका सुआरेजले १०१ खेलमा  ५३ गोल पूरा गरेका छन्। 

विश्वकै उत्कृष्ट फुटबलरहरुमध्ये एक सुआरेज बार्सिलोनाबाट स्ट्राइकरका रुपमा खेल्छन्। बार्सिलोना, लिभरपुल लगायतका क्ल्बबाट खेल्दै उनले ३ सय ७२ गोल गरिसकेका छन्। बार्सिलोनाका लागि मात्रै ला-लिगाको २०१७-१८ सिजनमा उनले ३१ गोल गरेका थिए।

क्रिस्टियानो रोनाल्डो, पोर्चुगल

रसियामा पोर्चुगललार्इ पहिलो पटक विश्वकप उपाधी जिताउने लक्ष्यमा रहेका छन् क्रिस्टियानो रोनाल्डो। तर, पोर्चुगलका लागि त्यो त्यति सहज छैन किनभने उसको अगाडि दुर्इ पटक विश्वकप विजेता उरुग्वे रहेको छ। रोनाल्डोमाथि मात्र निर्भर भएर पोर्चुगलले सफलता हासिल गर्न सक्दैन। उरुग्वेविरुद्ध पूरै पोर्चुगल टोलीले रोनाल्डोको साथ दिनुपर्ने हुन्छ। रोनाल्डोको अगाडि अर्को चुनौती भनेको बार्सिलोनाका लुइस सुआरेज हुन्, जो उनका सदाबहार प्रतिद्वन्द्वी हुन्। 

रोनाल्डोको कप्तानीमा पोर्चुगलले २०१६ मा युरोकप जितेको थियो। २०१७ मा पोर्चुगिज वर्ष खेलाडीबाट सम्मानित क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट गोलका कारण रसिया विश्वकपमा पोर्चुगलले राम्रो प्रदर्शन गर्दै आएको छ। स्पेनसँग समूह चरणको पहिलो खेलमा ह्याट्रिक गरेर क्रिस्टियानो रोनाल्डोले दोस्रो खेलमा मोरोक्कोविरुद्ध निर्णायक गोल गरी पोर्चुगललार्इ विजयी बनाएका थिए।

पोर्चुगल फुटबल टोलीका स्टार खेलाडी र प्रमुख गोलकर्ता रोनाल्डोले पोर्चुगलका लागि १५२ खेलबाट रोनाल्डोले ८५ गोल गरिसकेका छन्। ३३ वर्षीय रोनाल्डो रियल म्याड्रिडबाट फरवार्डको भूमिकामा खेल्छन्। रियल मड्रिड, म्यानचेस्टर युनाइटेड लगायतका क्लबबाट खेलेर उनले ५७३ गोल गरिसकेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell