PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

प्रिभ्यू : आयोजक रसियाले रोक्ला २०१० को च्याम्पियन स्पेनलाई?



पहिलोपोस्ट

प्रिभ्यू : आयोजक रसियाले रोक्ला २०१० को च्याम्पियन स्पेनलाई?

तात्कालिन शोभियत युनियनबाट छुट्टिएपछि सन् १९९४ यता रसियाको नामबाट विश्वकप खेल्न थालेको रसिया पहिलो पटक फिफा विश्वकपको नकआउट राउण्डमा खेल्दैछ। घरेलु भूमिमा आयोजना भएको २१औँ संस्करणको विश्वकप अन्तर्गत समूह ए को उपविजेता बन्दै अन्तिम १६ मा पुगेको रसियाले नकआउटमा पहिलो प्रतिद्वन्दी सन् २०१० को स्पेन पाइसकेको छ।

स्पेन समूह बी को विजेता बन्दै अन्तिम १६ मा पुगेको हो। रसियामा स्पेन उपाधि दाबेदारमध्ये एक हो भने विश्वकप खेल्नेमध्ये सबैभन्दा तल्लो वरीयतामा रहेको रसियाले सबैको अनुमान विपरित सहजै अन्तिम १६ मा स्थान बनाएको थियो।

सुरुको दुई खेलमा साउदी अरेबियालाई ५-० र इजिप्टलाई ३-० ले पारजित गरेको रसिया अन्तिम खेलमा उरुग्वेसँग भने ३-० ले नै हारेको थियो। उता समूह बी मा स्पेनले पोर्चुगलसँग ३-३ को बराबरी खेल्दै प्रतियोगिताको सुरुवात गरेको थियो। दोस्रो खेलमा इरानलाई १-० ले पराजित गरेको स्पेनले तेस्रो खेलमा मोरोक्कोसँग २-२ को बराबरी खेल्यो। समान अंक भएपनि गोलअन्तरमा पोर्गुललाई पछि पार्दै स्पेन समूह विजेता बन्यो।

शोभियत युनियनको टिमबाट खेल्दा रसियाले पछिल्लो पटक सन् १९८६ मा नकआउट खेल खेलेको थियो। जहाँ बेल्जियमसँग ४-३ ले पराजित भएको थियो।

रसिया र स्पेन विश्वकपमा भिड्न लागेको यो पहिलो पटक हो। सन् १९६४ को युरो फाइनलमा भने स्पेनले शोभियन युनियनलाई हराउँदै उपाधि जितेको थियो।

सन् १९९१ मा शोभियन युनियनबाट टुक्रिएपछि रसियाले अहिलेसम्म स्पेनलाई रहउन सकेको छैन। ६ मध्ये स्पेनले ६ खेल जित्दा रसियाले २ खेल बराबरी गरेको थियो।

पछिल्लो पटक नोभेम्वरमा भएको मैत्रीपूर्ण खेल ३-३ को बराबरीमा सकिएको थियो।

मुख्य प्रतियोगिता अन्तर्गत भको पछिल्ला ३ खेलमा पनि रसिया स्पेनसँग पराजित भएको छ। सन् २००४ को युरो समूह चरण तथा २००८ को युरो समूह चरण र सेमिफाइनलमा स्पेनले रसियालाई हराएको थियो।

इतिहास स्पेनको पक्षमा रहेपनि यो पटक रसियालाई घरेलु मैदान र दर्शकको साथ छ। सन् २०१० मा च्याम्पियन बनेको स्पेनको लागि विश्वकपमा त्यसयता यो पहिलो नकआउट म्याच हुनेछ। २०१४ मा स्पेन समूह चरणबाटै बाहिरिएको थियो।

स्पेनले समूह चरणमा ५ गोल खाएको छ। गोलकिपर डेविड डे हेअले राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन्। त्यसको फाइदा रसियाको फरवार्ड उठाउन सक्नेछ।

तर डिएगो कोस्टा, इस्को, डेभिड शिल्भा, मार्को असेन्सिओ जस्ता खेलाडी आक्रमणमा भएका कारण स्पेनलाई रोक्न रसियालाई पनि चुनौती हुनेछ।

आयोजक रसियाले स्पेनलाई हराउन चार कुरा गर्नैपर्ने फिफाले जनाएको छ।

सन् १९६२ यता ब्राजिल र अर्जन्टिनाले ८ वर्षको अन्तरमा विश्वकप जितेका थिए। ब्राजिलले यस्तो दुई पटक गरेको थियो। स्पेनले पनि पहिलो विश्वकप जितेको ८ वर्ष भएको छ र यसपटक पनि उपाधि दाबेदारमध्ये एक हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell