PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

प्रिभ्यू : क्रोएसिया भर्सेस डेनमार्क, दुवै टोली १९९८ को नतिजा दोहोर्‍याउने दाउमा



पहिलोपोस्ट

प्रिभ्यू : क्रोएसिया भर्सेस डेनमार्क, दुवै टोली १९९८ को नतिजा दोहोर्‍याउने दाउमा

सन् १९९८ को फ्रान्स विश्वकपबाट डेब्यु गरेको क्रोएसियाले त्यस संस्करणरमा सेमिफाइनलसम्म पुग्दै सनसनी मच्चाएको थियो। डेनमार्क पनि त्यही विश्वकपमा क्वाटरफाइनलसम्म पुगेको थियो। त्यस यता भने यी दुई टिमले विश्वकपमा राम्रो गर्न सकेनन्।

डेनमार्कले २००२ मा अन्तिम ११६ को यात्रा तय गरेपछि २०१० मा समूह चरणबाटै बाहिरियो। उता क्रोएसिया २००२, २००६ र २०१४ मा समूह चरणबाट अगाडी बढ्न सकेन।

आफ्नो देशको लागि विश्वकपमा अहिलेसम्मकै ठूलो सफलता हात पारेको २० वर्षपछि रसियामा त्यस्तै उपलब्धी दोहोर्‍याउने दाउमा रहेका यी दुई टिम आज राती प्रिक्वाटरफाइनलमा आमने सामने हुँदैछन्।

दुईमध्ये एक टोलीमात्र क्वाटरफाइनल पुग्दा अर्को टोली बाहिरिनेछ। रसिया विश्वकपमा यो दोस्रो 'अल युरोपियन' प्रिक्वाटरफाइनल हुनेछ। यसको अर्थ एक युरोपियन टिम यस खेल पछि घर पर्कनेछ।

सन् १९९८ मा डेब्यु प्रतियोगितामै सेमिफाइनल पुगेको क्रोएसियाले नकआउट राउण्डमा रोमानिया र जर्मनीलाई हराएको थियो तर समिफाइनलमा भने फ्रान्ससँग पराजित भयो। आयोजक फ्रान्स नै अनतिमममा ब्राजिललाई पारजित गर्दै च्याम्पियन बनेको थियो। उता डेनमार्क भने नाइजेरियालाई हराउदै क्वाटरफाइनल पुगेको थियो तर ब्राजिलसँग ३-२ ले हारेपछि घर पर्कन बाध्य भयो। विश्वकपमा डेनमार्कको पनि त्यो अहिलेसम्मको उत्कृष्ट प्रदर्शन थियो।

यसपटक पनि त्यस्तै उपलब्धी हात पार्ने दाउमा यी दुई युरोपियन टिम छन्।

दुई पटकको विश्व  विजेता अर्जेन्टिना रहेको समूह डी बाट विजेता बनेको क्रोएसियाले ३ वटै खेल जितेको थियो। उसले अर्जेन्टिनालाई समूह चरणमा ३-० ले स्तब्ध बनाएको थियो। यस्तै नाइजेरिया र आइसल्याण्डलाई पनि हराएको थियो।

उता पेरुलाई पराजित गरेको डेनमार्क अष्ट्रेलिया र फ्रान्ससँग बराबरी खेल्दै समूह सी को उपविजेता बन्दै अन्तिम १६ पुगेको हो। समूह चरणमा दुवै टोली अपराजित थिए।

कप्तान लुका मोडरिक र इभान राकिटिक जस्ता विश्वकै प्रतिभाशाली मिडफिल्डरको साथ पाएको क्रोएसिया अहिले उत्कृष्ट फर्ममा छ। उता डेनमार्कका लागि क्रिस्टियन एरिक्सन र गोलकिपर क्यास्पर सेमिकलको प्रदर्शन टिमको लागि निर्णायक हुन सक्छ।

यी दुई टोली अहिलेसम्म ५ पटक भिडेका छन् जसमा दुवैले समा २ खेल जित्दा १ खेल बराबरीमा सकिएको थियो। पछिल्लो पटक यी दुई टोली सन् २००४ को युरो वार्म अप म्याचमा भिडेका थिए। कोपनहेगनमा भएको उक्त खेल क्रोएसियाले जितेको थियो। यस्तै सन् १९९६ को युरोमा डेभोर सुकोरको दुई गोल मद्दतमा क्रोएसियाले डेनमार्कलाई ३-० ले पराजित गरेको थियो।

क्रोएसियाले विश्वकपमा युरोपियन टिमसँग खेलेका ६ मध्ये ५ खेल जितेको छ। १९९८ को सेमिफाइनलमा मात्र क्रोएसिया फ्रान्ससँग हारेको थियो। क्रोएसियाले विश्वकपमा पहिलो पटक लागतार ३ खेल जितेको हो।

यस विश्वकपमा क्रोएसियाले गरेको ७ मध्ये ६ गोल दोस्रो हाफमा गरेको थियो।

डेनमारको राष्ट्रिय टोली पछिल्लो १८ खेलमा अपराजित छ। डेनिस टोली पछिल्लो पटक सन् २०१६ मा मोन्टेनेग्रोसँग १-० ले हारेको थियो। त्यसयता उसले ९ खेल जितेको छ भने ९ खेल बराबरी गरेको छ।

यदी क्रोंएसियासाग हार टारे डेनमार्कले पहिलो पटक विश्वकपमा लगातार ४ खेलमा अपराजित रहने कीर्तिमान राख्नेछ। डेनमार्कले सबैखाले प्रतियोगितामा गरेर खेलेका पछिल्लो ७ मध्ये ६ खेलमा क्लिनसिट राखेको छ।

डेनमार्कका गोलकिपर क्यास्पर सेमिकलले यस विश्वकपमा फेस गरेका ३ सटमध्ये १२ सट रोकेका छन्। एक मात्र सट (पेनाल्टी) मा उनले गोल खाएका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell