
काठमाडौं : फिल्म 'वीरङ्गना' टिमले प्रचार सामाग्री सार्वजनिक गरेको छ। फिल्मको प्रदर्शन मिति नजिकिंदै जाँदा निर्माण टिमले केही तस्वीर सार्वजनिक गरेका छन्। तस्वीरमा फिल्मका कलाकार अनुप विक्रम शाही र शिल्पा पोख्रेल बिबाहको पहिरणमा फिचर्ड छन्। फिल्म असार २९ बाट प्रदर्शन हुनेछ।
फिल्ममा उनीहरुसँगै पृथ्वी राज प्रसाई, प्रज्वल गिरी, शुशिल पोखरेल, धु्र्व कोईराला, प्रिया रिजाल, धिरेन शाक्य,कृष्ण शिवाकोटी, देव तामाङ, अंशु थापा,अमृत सापकोटा लगायतको अभिनय छ ।
एक्सन विधामा बनेको यस फिल्ममा राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको छ। फोर्थ आई मुभिजको ब्यानरमा बनेको फिल्मका निर्मातामा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार,देव तामाङ र बिमला भट्ट रहेका छन्।
फिल्ममा दिपकशर्मा र पुरुषोत्तम न्यौपानेको संगीत, कविराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी, श्री श्रेष्ठको द्धन्द निर्देशन तथा हरि घले लामा र रामेश्वर कार्कीको छायाँकन रहेको छ ।