PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

सदनमा गगनको व्यङ्ग्य: दलालको मेडिकल कलेज खुलोस् भन्ने प्रधानमन्त्रीको समाजवादलाई स्वागत छ 



पहिलोपोस्ट

सदनमा गगनको व्यङ्ग्य: दलालको मेडिकल कलेज खुलोस् भन्ने प्रधानमन्त्रीको समाजवादलाई स्वागत छ 

काठमाडौं: मेडिकल क्षेत्रमा सुधारको माग गर्दै अनसन बस्दै आएका डा.गोविन्द केसीलाई पक्राउ गरिएको भन्दै संसदमा प्रमुख प्रतिपक्षी दलका सांसदले विरोध गरेका छन्।

नेपाली कांग्रेसका सांसद गगन थापाले डा.केसीको पक्राउ विरुद्ध संसदमा आवाज उठाए।

आजको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै थापाले गोविन्द केसीलाई पक्राउ गर्नु र दलाल पुजिपतिलाई जहाँ पनि मेडिकल कलेज स्थापना गर्न बाटो खोल्ने गरी विधेयक ल्याइएको भन्दै व्यंग्य गरे। 

'मेडिकल कलेज नभएको ठाउँमा सरकारले मेडिकल कलेज खोलोस् जनताका छोराछोरीले नि:शुल्क चिकित्सक बन्न पाउन, गाउँ गाउँमा स्वास्थ्य सेवा पुर्‍याइयोस भनेर माग राख्ने डाक्टर गोविन्द केसीलाई शान्तिपूर्ण प्रदर्शन गर्न पनि नदिने,' उनले अगाडि भने, 'दुईवटा कम्युनिस्ट पार्टी एकीकरण भएको उपलक्ष्यमा दुइटा पार्टीका महान् अध्यक्षलाई आफ्नो घरमा बोलाएर चरेसको थालमा मार्सी धानको भात खुवाउने कम्युनिस्ट परिभाषा अनुसार दलाल पुजीपतिको मेडिकल कलेज जसरी पनि खुलोस् भन्ने उद्देश्यका साथमा सदनमा चिकित्सा शिक्षाको विधेयक ल्याउने सम्माननीय प्रधानमन्त्रीको समाजवादला२ नेपालमा हार्दिक स्वागत छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell