PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

विशेष क्षमता भएकाहरुको राष्ट्रिय खेलकुद प्रतियोगिता



पहिलोपोस्ट

विशेष क्षमता भएकाहरुको राष्ट्रिय खेलकुद प्रतियोगिता

काठमाडौं : विशेष क्षमता भएका व्यक्तिहरुको राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ।

 स्पेशल ओलम्पिक शुक्रबार तथा शनिबार आयोजना गरेको प्रतियोगितामा विभिन्न उमेर समुहका बालबालिका, किशोर–किशोरी तथा युवा–युवतीले दुई दिनसम्म दौड, रिले दौड, सफ्ट बल, लङ जम्प, सर्ट जम्प, हाइ जम्प, बुची आदि खेलमा प्रतिस्पर्धा गरेका थिए।

काठमाडौंको हल्चोकस्थित सशस्त्र प्रहरीको खेल मैदानमा प्रतियोगिता सम्पन्न भयो। प्रतियोगितामा देशका विभिन्न १२ वटा विद्यालयमा अध्ययनरत करिव २ सय व्यक्तिहरुले भाग लिएको आयोजक टिमकी डा. नम्रता भट्टले बताइन्।

प्रतियोगिताका विजेताले मार्च महिनामा दुबईको  आबुधाबीमा आयोजना हुने स्पेशल ओलम्पिक्स वल्र्ड गेम्स–२०१९ मा नेपालको प्रतिनिधित्व गर्नेछन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell