PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

संविधानका पिता, काका र मामा भन्नेहरूले नै संवैधानिक संकट खडा गरेको सांसद त्रिपाठीको आरोप



पहिलोपोस्ट

संविधानका पिता, काका र मामा भन्नेहरूले नै संवैधानिक संकट खडा गरेको सांसद त्रिपाठीको आरोप

काठमाडौं : सांसद हृदयश त्रिपाठीले संविधानका पिता, काका र मामा भन्नेहरूले नै संवैधानिक संकट खडा गरेको आरोप लगाएका छन्। उनले संवैधानिक व्यवस्था अनुसार काम नगरेर संविधानको पिता, काका र मामा भनिनेहरुले नै संवैधानिक संकट खडा गरेको गम्भीर आरोप लगाएका हुन्। 

तत्कालीन नेकपा एमालेको चुनाव चिन्ह सूर्यबाट चुनाव जितेका सांसद हृदयश त्रिपाठीले विशेष, संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने संवैधानिक बाटो देखाउन सरकारलाई चुनौती दिए। 

सांसद त्रिपाठीले सरकारले संवैधानिक व्यवस्था अनुसार गाउँपालिका र नगरपालिकाको सीमा र संख्या निर्धारण गरे पनि विशेष, संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण नगरेर मुलुकमा संवैधानिक संकट निम्त्याएको आरोप लगाए। 

प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले विशेष, संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो खोजेर मुलुकलाई संवैधानिक संकट आउन नदिन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए। 

सरकारले ६ महिनाको समयावधि दिएर गठन गरेको संवैधानिक आयोगले गाउँपालिका र नगरपालिकाको मात्रै सीमा र संख्या निर्धारण गरेको थियो। तर विशेष, संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने दायित्व सरकारले पूरा नगरेकोमा सांसद त्रिपाठीले आपत्ति जनाए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell