ब्राजिल र मेक्सिको सोमवार रसिया विश्वकपको अन्तिम १६ को खेलमा प्रतिस्पर्धामा उत्रनेछन्। त्यसका लागि ब्राजिलियन फुटबल टोली प्रशिक्षणमा व्यस्त रहेको छ।
पाँच पटक विश्वकप उपाधी जितिसकेको ब्राजिल सोचीमा प्रशिक्षण गरिरहँदा ब्राजिलियन फुटबलस्टार नेमार आफ्ना छोराका साथ प्रशिक्षणस्थल पुगे। नेमारका छोरा डेभिड लुक्का सिल्भा सान्तोसले मैदान बाहिरबाट आफ्नो बुबाले प्रशिक्षण गरिरहेको हेरिरहे।
ब्राजिलियन फुटबल टोलीको आधिकारिक ट्वीटर एकाउन्टमा राखिएको फोटोमा सान्तोस नेमारले प्रशिक्षणस्थलमा गरिरहेको क्रियाकलापहरु ध्यान दिदै हेरिरहेको देखिन्छ। साथै सान्तोसले अन्य ब्राजिलियन खेलाडीहरुले गरिरहेको प्रशिक्षण पनि उत्सुकताका साथ हेरिरहेको देखिन्छ।
👀🤩🇧🇷⚽️ @neymarjr #GigantesPorNatureza #Copa2018 pic.twitter.com/B6ldwRpgGz
— CBF Futebol (@CBF_Futebol) June 29, 2018
बाँकी खेलाडीहरु योगा म्याटमा बसेर स्ट्रेचिङ र वार्मअप गरिरहँदा नेमार भने बलसँग खेल्दै थिए। प्रशिक्षणका क्रममा नेमार आफ्ना छोरालार्इ बराम्बार हेर्न गइरहेका थिए। नेमारका छोरा ब्राजिलियन टोलीले प्रतियोगितामा लगाउने जर्सी लगाएर आएका थिए।