PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

रसिया विश्वकप समूह चरण : ए टू जेड एनालिसिस



पहिलोपोस्ट

रसिया विश्वकप समूह चरण : ए टू जेड एनालिसिस

२०१८ फिफा विश्वकपको समूह चरण सकिँदा सम्म ४८ खेलमा १२२ गोल भइसकेका छन्। साथै भिएआरको प्रयोगबाट धेरै ड्रामा पनि देखियो। नक-आउट चरण आजबाट सुरु हुदैछ।

हालसम्म समूह चरणमा भएका केही तथ्यहरु : ए टु जेड मा 

 

ए : एल्फर्ड फिन्बोग्यासन

एल्फर्ड फिन्बोग्यासन फिफा विश्वकपमा आइसल्याण्डका लागि गोल गर्ने पहिलो खेलाडी बने। उनले विश्वकपको आफ्नो पहिलो खेलमा अर्जेन्टिना विरुद्ध गोल गरेका थिए। उक्त खेलमा अर्जेन्टिना १-१ को बराबरीमा रोकिएको थियो।


बी : बेइरनभन्द

बेइरनभन्द वा अलिरेजा सफर बेइरनभन्द २०१७ को उत्कृष्ट फिफा अवार्डका लागि व्यक्तिगत रुपमा मनोनयनमा पर्ने पहिलो इरानी खेलाडी थिए। पोर्चुगलविरुद्धको खेलमा उनले क्रिस्टियानो रोनाल्डोले प्रहार गरेको पेनाल्टी रोकेका थिए। सो खेलमा इरान र पोर्चुगलबिचको खेल १-१ बराबरीमा सकिएको थियो।


सी : क्रिस्टियानो रोनाल्डो

क्रिस्टियानो रोनाल्डोले स्पेनविरुद्ध पहिलो खेलमा गरेको ह्याट्रिकले विश्वकपमा उनको उपस्थिति देखियो। तर उनले इरानविरुद्ध प्रहार गरेको पेनाल्टी रोकिएपछि उनको सफलतामाथि आलोचना हुन थाल्यो।  

 

डी : डेनिस चेरीसेभ

डेनिस चेरीसेभ साउदी अरेबियाको खेलमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरे। उनले सो खेलमा दुर्इ उत्कृष्ट गोल गरी बललार्इ आफ्नो नियन्त्रणमा राखे। उनले इजिप्टविरुद्ध प्रतियोगितामा तेस्रो गोल गरे। साथै उनले उरुग्वेसँगको खेलमा एक आत्मघाती गोल गरी एक गोल उपहार दिए।  


इ : एसम कलम तउफिक अल-हाडारी

इजिप्टका इसम कलम तउफिक अल- हडरी विश्वकप खेल्ने सबैभन्दा बुढो खेलाडी बने। उनी त्यस दिन ४५ वर्ष १६१ दिनका भएका थिए। उनले उक्त खेलमा पेनाल्टी रोकेका थिए।


एफ : फ्यान आइडी

फुटबल समर्थकहरुले पाउने सबैभन्दा उत्कृष्ट चिज भनेकै फ्यान आइडी हो। उक्त आइडी पाए वापत कुनैपनि भिसा शुल्क लाग्दैन। फ्यान आइडीले रसियाका सार्वजनिक यातायातमा निःशुल्क यात्रा गर्न पाइन्छ। साथै खेल पनि निःशुल्क हेर्न सकिन्छ।


जी : जर्मनी

डिफेन्डिङ च्यामपियन जर्मनी विश्वकपको समूह चरणबाटै बाहिरियो। पहिलो खेलमा पराजित भएको जर्मनी अन्तिम खेलमा दक्षिण कोरियासँग २-० ले पराजित भयो।

 

एच : ह्यारी केन

ह्यारी केनले पानामाविरुद्ध ह्याट्रिक गरे। रसिया विश्वकपमा समूह चरणमा उनले ५ गोल गरिसकेका छन् र सर्वाधिक गोलकर्ताको सूचिको पहिलो स्थानमा छन्।


आई : आइगो आस्पास

आइगो आस्पास यो विश्वकपमा एक सरप्राइज प्याकेजका रुपमा देखा परे। स्पेन र मोरोक्कोबिचको खेलमा भिएआरको सहायताबाट इन्जुरी टाइममा पाएको अवसरमा गोल गरे। उक्त गोलका कारण स्पेन आफ्नो समूहमा पहिलो स्थानमा रहँदै अन्तिम १६ म प्रवेश गर्‍यो।

 

जे : ज्याभियर हर्नान्डेज

ज्याभियर हर्नान्डेज विश्वकप खेल्ने आफ्नो परिवारका तेस्रो जेनेरेसनका खेलाडी हुन्। उनले जर्मनीलार्इ पराजित गर्ने क्रममा हिर्भिङ् लोजानोलार्इ गोल गर्न एसिस्ट गरेका थिए। मेक्सिकोविरुद्ध दोस्रो गोल गरी हर्नान्डेजले ५० अन्तर्राष्ट्रिय गोल पुरा गरे। उनले विश्वकपमा ४ गोल गरी लुइस हर्नान्डेजसँगै विश्वकपमा धेरै गोल गर्ने मेक्सिकन खेलाडीका रुपमा नाम लेखाए।

 

के : किलिएन एमबापे

किलिएन एमबापे यो विश्वकप कै प्रतिभाशाली युवा खेलाडी हुन्। १९ वर्षको उमेरमा उनले पेरुविरुद्ध गरेको गोलले उनलार्इ कम उमेरमा गोल गर्ने फ्रान्सेली गोलकर्ता बनायो।


एल : लियोनल मेसी

लियोनल मेसीले आइसल्याण्डविरुद्ध पाएको पेनाल्टी सफल बनाउन सकेनन्। साथै क्रोएसियासँगको खेलमा ३-० ले पराजित भएपछि उनी लुका मोडरिकका कारण छाँयामा परे। तर उनले नाइजेरिया विरुद्धको गर या मरको खेलमा आफ्नो उत्कृष्ट प्रदर्शन देखाइ अर्जेन्टिनालार्इ अन्तिम १६ मा पुर्‍याए।

 

एम : मोहम्मद सालाह

मोहम्मद सालाह २०१८ को युएफा च्याम्पियन्स लिगको फाइनलमा घाइते भएपछि धेरैको मन दुखेको थियो। घाइते भएका कारण विश्वकपमा उरुग्वेविरुद्धको पहिलो खेल गुमाएका सालाहले रसिया र साउदीविरुद्ध खेल्दै दुवै खेलमा गोल गरे। तर इजिप्ट विश्वकपको समूह चरणबाटै बाहिरियो।

 

एन : नेमार

नेमार यसपालि विश्वकपमा लडिरहेको विषयले धेरै चर्चा पायो। उनी सामान्य ट्याकलमा र कुनै ट्याकल विना नै मैदानमा लड्दै गए। तर उनले ब्राजिलका लागी भने गोल गर्न सफल रहे।


ओ : आत्मघाती गोल (ओन गोल)

अहिलेसम्म रसिया विश्वकपमा ८ आत्मघाती गोल भइसकेका छन्। जुन हालसम्म कै उच्च हो।

 

पी : फिलिप काउटिन्हो

ब्राजिलका फिलिप काउटिन्होले स्वीट्जरल्याण्डसँगको खेलमा गोल गरी खेललार्इ बराबरीमा सकाए। यस्तै कोस्टारिकासँगको खेल बराबरीमा टुंगिन लाग्दा उनले इन्जुरी टाइममा गोल गरी ब्राजिलको विजय यात्रा सहज बनाइएका थिए।

 

क्यु : क्वारेसमा

क्वारेसमा पहिलो पटक विश्वकपका लागि पोर्चुगल टोलीमा छनौट भएका हुन्। उनले इरानविरुद्ध गोल गरी पोर्चुगललार्इ अन्तिम १६ मा पुर्‍याएका थिए। सो खेल १-१ बराबरीमा सकेको थियो।

 

आर : रोमेलु लुकाकु

रोमेलु लुकाकु बेल्जियमका हालसम्मका सर्वाधिक गोल गर्ने खेलाडी हुन्। पानामा र ट्युनिसिया विरुद्ध लगातार गोल गर्दै उनी विश्वकपमा डियगो म्याराडोना पछि लगातार दुर्इ वा दुर्इभन्दा धेरै खेलहरुमा लगातार गोल गर्ने खेलाडी बनेका छन्।

 

एस : सन हेउन मिन

सन हेउन मिन दक्षिण कोरियाका प्रभावशाली खेलाडी हुन्। मेक्सिको विरुद्ध उनले अन्तिम समयमा गोल गरेका थिए। जर्मनीलार्इ विश्वकपबाट बाहिर पुर्‍याउन उनले इन्जुरी टाइममा गोल गरेका थिए। दक्षिण कोरियाका लागी हाल सम्म धेरै गोल गर्न सफल सन हिउन मिन टोटनह्यामका स्ट्राइकर र एसियाका सर्वाधिक महँगा खेलाडी हुन।

 

टी : टोनी क्रुस

टोनी क्रुसले स्वीडेनविरुद्धको इन्जुरी समयमा गोल गरी डिफेन्डिङ च्याम्पियनलार्इ स्तब्ध पारेका थिए। तर उनले कोरियासँग भने त्यस्तो प्रदर्शन देखाउन सकेनन्।

 

यु : अन्डरडग

अन्डरडग टोलीहरुले रसियामा सबैको मन जिते। आइसल्याण्डले अर्जेन्टिनालार्इ बराबरीमा रोक्नु, जर्मनीलार्इ दक्षिण कोरियाले पराजित गर्नु, कोलम्बियालार्इ जापानले हराउनु, इरान र पोर्चुगलबिच बराबरी हुनु लगायतका घटनाले सबैलार्इ आश्चर्यमा पार्‍यो।

 

भि : भिएआर

रसियाम पहिलो पटक भिएआरको प्रयोग गरिएको हो। हालसम्म धेरै निर्णयहरुको रिभ्युका लागी भिएआरको प्रयोग भइसकेको छ। तर सोचेको अनुरुप उपयोग नभएको भन्दै भिएआरको आलोचना पनि भएको छ।

 

डब्लु : विल्फ्रिडो

विल्फ्रिडो अर्जेन्टिनाका पहिलो छनौटमा पर्ने गोलकिपर होइनन्। तर सर्जियो रोमेरो अन्तिम समयमा घाइते भएपछि विल्फ्रिडोले मैदानमा आउने मौका पाए। तर उनको गल्तीका कारण क्रोएसियाले अर्जेन्टिनामाथि ३-० ले विजयी हासिल गर्‍यो। पछि नाइजेरियासँगको खेलमा उनको स्थानमा फ्रान्को अर्मानीलार्इ मौका दिइयो।

 

एक्स : जेर्दान शाकिरी

जेर्दान शाकिरी तेस्रो पटक विश्वकपमा सहभागी हुदैछन्। उनले सर्बियाविरुद्ध गरेको गोलले उनको टोलीलार्इ विजयो बनाएको थियो। शाकिरी र उनका टोलीका ग्रान्ट जाकाले गोल पछि गरेको राजनीतिक इशाराले विवाद उत्पन्न भएको थियो। फिफाले उक्त कार्यका लागी दुवैलार्इ १० हजार स्वीस फ्रयाङ्क जरिवाना लगाएको थियो।

 

वाई : युरी एलेक्स्यानड्रोभिच ग्याजिन्स्की

युरी एलेक्स्यानड्रोभिच ग्याजिन्स्की २०१८ विश्वकपमा पहिलो गोल गर्ने खेलाडी हुन्। साउदी अरेबियासँगको खेलमा उनले १२ मिनेटमा गोल गरेका थिए।

 

जेड : जाबिभाका

जाबिभाका रसिया विश्वकपको आधिकारीक मस्कट हो। विश्वभरीका फुटबल समर्थकबाट जाबिभाकाको प्रशंसा भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell