PahiloPost

May 15, 2026 | १ जेठ २०८३

यो मेरो भविष्यकोबारे कुरा गर्ने ठिक समय होइन :  रोनाल्डो



पहिलोपोस्ट

यो मेरो भविष्यकोबारे कुरा गर्ने ठिक समय होइन :  रोनाल्डो

रसिया विश्वकप अन्तर्गत अन्तिम १६ को खेलमा उरुग्वेसँग पराजित भएर फिस्ट स्टेडियमबाट बाहिरिदै गर्दा क्रिस्टियनो रोनाल्डोले आफूले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिने समय नआएको बताएका छन्।

रोनाल्डो २०२२ मा कतारमा हुने विश्वकपमा ३७ वर्षका हुनेछन्। रोनाल्डोले भने "यो समय मेरो, प्रशिक्षक वा अन्य खेलाडीहरुको भविष्यको बारेका कुरा गर्ने ठिक समय होइन।" ३३ वर्षिय रोनाल्डोले भने।

"मलार्इ विश्वास छ कि यो टोली विश्वकै एक उत्कृष्ट टोलीमध्ये एक हुनेछ। हाम्रो टोलीमा धेरै महत्वकांक्षी खेलाडीहरु छन्। पोर्चुगलले जितलार्इ अघि बढाउँदै पोर्चुगलका मानिसलाई गर्व बनाउनेछ।"

रसिया विश्वकपमा पराजित भएपनि रोनाल्डोले २०१८ विश्वकप मज्जा आएको बताएका छन्। "हामीले उरुग्वे भन्दा धेरै राम्रो खेल्यौं, तर धेरै गोल गर्ने नै जित्ने हुन्। हामी जित्न चाहन्थ्यौं, हामीले राम्रोसँग खेल्यौं तर उरुग्वेलार्इ बधार्इ दिनुपर्छ।"

रोनाल्डोले भने "हामी शिर उच्च बनाउँदै फर्किदैछौं। म पोर्चुगल राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गर्न पाउँदा गौरव महसुस गर्दैछु। यो एक शानदार टोली हो। मलार्इ हाम्रो प्राविधिक टोलीमाथि पनि गर्व छ।"

पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले पनि रोनाल्डोले २०२० को युरोपियन च्याम्पियनसिप र २०२२ मा हुने विश्वकप खेल्ने विश्वास व्यक्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell