PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

कालिकोटलाई किताब दिन कवितामा गुञ्जिए नवराज



पहिलोपोस्ट

कालिकोटलाई किताब दिन कवितामा गुञ्जिए नवराज

शनिबार कर्णालीमा कितावका लागि 'कविता कन्सर्ट' भयो। लियो क्ल्ब अफ काठमाडौं युरेकाको आयोजनामा सहयोगार्थ कविता वाचन कार्यक्रम भएको हो।

कुसुन्तीस्थित माछापुच्छ्रे स्कूलमा कवि नवराज पराजुलीले आफ्ना कविताहरु वाचन गरेका हुन्।

लियो क्लब अफ काठमाडौंले देशका विभिन्न ठाउँहरुमा पुस्तकालय निर्माण गर्दै आएको छ। जस अन्तर्गत कालीकोटमा किताब पुर्‍याउनका लागि सुरु गरिएको अभियानको यो दोस्रो संस्‍करण हो।

कार्यक्रममा कवि नवराज पराजुलीले मोक्ष, खोया, मैझारो,  वामपन्थि लभ लगायत कविता वाचन गरेका थिए। उनलाई लाइभ वाद्यवादनमा सम्यक महर्जनले साथ दिएका थिए।

उनले कविता वाचन गर्दाका केही दृश्य फोटोमा:

 


















 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell