PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

सिनेडेसेफले सहुलियत कटौतीमा 'सञ्जु' देखाउने, वितरक र क्यूएफएक्सबीच अझै भएन छलफल



पहिलोपोस्ट

सिनेडेसेफले सहुलियत कटौतीमा 'सञ्जु' देखाउने, वितरक र क्यूएफएक्सबीच अझै भएन छलफल

काठमाडौं : बलिउड फिल्म 'सञ्जु'लाई लिएर काठमाडौँका मल्टिप्लेक्स वितरकबीच जारी विवाद अझै सल्टेको छैन। 'सञ्जु' वितरकले मल्टिप्लेक्सहरुले दिंदै आइरहेको टिकटमा छुट नगर्न माग गरेपछि लफडा सुरु भएको हो।

दुई पक्षबीच आइतबार बस्ने भनिएको बैठक सोमबारलाई सारिएको छ। क्यूएफएक्सका सिइओ रोशन अदिगाले बैठकमा सहभागी हुनुपर्ने एक सदस्य अस्वस्थ भएका कारण बैठक सारिएको बताए। उनले सोमबारसम्म हलहरुले नियमित सेड्युलमा नै फिल्म प्रदर्शन गर्ने जनाए।

मल्टिप्लेक्सहरुमध्ये कुनैले हप्तामा एक दिन र कुनैले दुई दिन टिकटमा डिस्काउन्ट दिँदै आइरहेका छन्। एफक्यूब, बिग र बिएसआरले हप्ताको दुई दिन टिकटमा डिस्काउन्ट दिंदै आएका छन्। त्यस्तै क्युएफएक्सका जय नेपाल, कुमारीले एक दिनको सहुलियत दिंदै आएको छ।

'सोमबार टिकट सहुलियत दिंदै आएको सिटिसी मलको सिने डेसेफले भने भोलि प्रदर्शन गर्ने भएको छ। सोमबार सबै हलमा फिल्म लाग्छ। अब बैठकको कस्तो निर्णय लिन्छ पछि नै थाहा हुनेछ' उनले थपे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell