A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6996a9d5a629b0.57865132): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6996a9d5a629b0.57865132,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

अवैध सुनको कारोबार : भारतीय ठेकेदारको संलग्नता खुल्यो
PahiloPost

Feb 19, 2026 | ७ फागुन २०८२

अवैध सुनको कारोबार : भारतीय ठेकेदारको संलग्नता खुल्यो



सविन ढकाल

अवैध सुनको कारोबार : भारतीय ठेकेदारको संलग्नता खुल्यो

काठमाडौँ: २५ वर्षिया संजना साह गत बिहीबार नेपालगन्ज विमानस्थलबाट बुद्ध एयरलाइन्सको विमान चढेर काठमाडौँ आइपुगिन्। उनीसँगै थिए अशोक सिंह र चन्द्रमोहन जोशी।

 

भारतको उत्तराखण्ड जिल्ला चम्पावत टनकपुर नयाँबस्तीमा बस्ने उनीहरूले कान्तिपथको यल्लो प्यागोडा होटेलको १ सय ७ नम्बर कोठा बुक गरे। केही दिन होटेलमा नै बिताए।

 

होटेलमा बसेकी संजनाले गत बिहीबार राति फोन गरेर आफ्नो गाडी चालक दीपककुमार मौर्य र मनोज विकलाई काठमाडौँ नै बोलाइन्। दीपक भारतीय भए पनि मनोज नेपाली हुन्। संजनाको मनोजसित केही महिना अगाडि मात्र चिनजान भएको हो।

 

भारतीय नम्बर युके ०२४६८४ को गाडी लिएर मनोज र दीपक  जेठ १५ गते काठमाडौँ आइपुगे। शुक्रवार राति उनीहरू सँगै बसे। शनिवार संजनाले गाडी लिएर महेन्द्रनगर हुँदै भारतको चम्पावत जान भनिन्। दीपक मनोजसहित गाडी लिएर महेन्द्रनगर जान भनेर हिँडे।

 

तर शनिबार दिउँसो काठमाडौँ बाहिरिने नाका नागढुङ्गामा चेक गर्ने क्रममा पक्राउ परे। दीपकले चलाएको गाडीको फिल्टरभित्र ३ केजी सुन भेटियो।

 

दीपकले आफूले चलाएको गाडीमा सुन भएको थाहा नभएको र गाडी संजनाको भएको जानकारी दिए। निरीक्षक अनिल ठकुरीको नेतृत्वमा भएको प्रहरी टोलीले होटेलबाट संजना, अशोक र चन्द्रमोहनलाई पक्राउ गर्न सफल भयो।

 

सुन तस्करीमा भारतीय ठेकेदार

सुन तस्करीको अभियोगमा प्रहरीले पक्राउ गरेका अशोक र संजना भारतीय ठेकेदार भएको प्रहरीको अनुसन्धानमा खुल्न आएको छ।

 

परिसरका एसएसपी विश्वराज पोखरेलले भने, 'उनीहरू भारतका विभिन्न निर्माण कम्पनीका ठेकेदार भएको खुलेको छ।'

 

प्रहरीका अनुसार अशोक ए ग्रेड र संजना सी ग्रेडका ठेकेदार हुन्। संजनासँग नेपाली र भारतीय दुवै नागरिकतासमेत रहेको छ। उनीहरू वैशाखदेखि अहिलेसम्म सोही गाडीमा चार पटक काठमाडौँ आएको देखिएको छ।

 

'हामीले गाडीको विवरण हर्दा चार पटक काठमाडौँ आएको देखियो। सुन तस्करीकै लागि हो कि अन्य प्रयोजन हो अनुसन्धान गर्दैछौं,' एसएपी पोखरेलले भने।

 

कहाँबाट आयो सुन र कसले बेच्यो ?

प्रहरीले बरामद गरेको तीन किलो सुन उनीहरूले काठमाडौँबाट नै खरिद गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ। तर सुन काठमाडौँसम्म कसरी आइपुग्यो र कसले बिक्री गरेको भन्ने खुल्न सकेको छैन।

 

काठमाडौँमा अवैध सुन दुबई र चीनबाट आउने गर्दछ। तस्करहरूले दुबईबाट आउने सुन विमानस्थल हुँदै र चीनबाट आउने सुन केरुङ नाकाबाट भित्र्याउने गरेको अधिल्लो प्रहरीको अनुसन्धानले देखाएका छन्। एसएसपी पोखरेलले भने,' सुन कसले बिक्री गर्‍यो, खोजी गरिरहेका छौँ।'

तीन किलो सुनको मूल्य १ करोड ५० लाख रुपैयाँभन्दा बढी पर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell