PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

'पुरानो बुलेट'को छायाँकन सुरु



पहिलोपोस्ट

'पुरानो बुलेट'को छायाँकन सुरु

काठमाडौं : असार १६ बाट फिल्म 'पुरानो बुलेट'को छायाँकन सुरु भएको छ। क्रेजी इन्टरटेन्मेन्टको बन्ने फिल्म काठमाडौंबाट छायाँकन सुरु भएको हो। काठमाडौंको छायाँकन सकेर निमार्ण टिम पूर्वाञ्चल प्रदेश नं. १ तर्फ लाग्ने कार्यकारी निर्माता सन्तोष राईले बताए।

भिषण राईको निर्देशनमा यो फिल्म बन्ने भएको छ। फिल्ममा अभिनेता अनुप विक्रम शाही, अभिनेत्री वर्षा सिवाकोटी र माला लिम्बू प्रमुख भूमिका देखिनेछन्। फिल्ममा उनीहरुसँगै कविता आले, शिव मुखिया, कृष्ण भक्त महर्जन, शिरोमणी दवाडी, दिवज राई लगायतको अभिनय रहने छ।

फिल्मका निर्मातामा अशोक कुमार राई, दीपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राई रहेका छन्। फिल्ममा निर्देशक भिषण र कार्यकारी निर्माता सन्तोषको कथा/पटकथा, हरि घले लामाको छायाँकन, उत्तम जंग लिम्बू र जयन जे. वाइवाको संगीत, राजेशपायल राई, मेलिना राई, जयन जे र उत्तमको स्वर रहने छ। फिल्ममा प्रशान्त तामाङको कोरियोग्राफी रहनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell