PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

किलिएन एमबापे म भन्दा धेरै प्रतिभाशाली छन् : पोग्बा



पहिलोपोस्ट

किलिएन एमबापे म भन्दा धेरै प्रतिभाशाली छन् : पोग्बा

किलियन एमबापेले अर्जेन्टिनाविरुद्ध चार मिनेटको अन्तरमा दुई गोल गर्दै लियोनल मेस्सीको विश्वकप जित्ने सपनालार्इ यसपाली पूर्णविराम लगाएदिए। अन्तिम १६ को खेलमा फ्रान्सले अर्जेन्टिनालार्इ ४-३ ले स्तब्ध बनाएको थियो।

फ्रान्सका पउल पोग्बाले आफ्नो फ्रान्सेली टोलीका खेलाडी किलिएन एमबापेको प्रशंसा गर्दै १९ वर्षीया एमबापेसँग आफू त्यही उमेरको हुँदा भन्दा धेरै अधिक प्रतिभा रहेको बताएका छन्।

पत्रकारहरूसँग कुरा गर्दै पोग्बाले उनी भन्दा छ वर्ष कान्छो उमेरका एमबापेको खेल देखेर आफू अत्याधिक खुसी भएको प्रतिक्रिया दिएका छन्।  

"केलियनसँग म भन्दा धेरै प्रतिभाशाली छ," गोल डट कमसँग कुरा गर्दै पोग्बाले भने "यो उमेरमा उसको प्रदर्शन तपार्इँले देख्नु भएकै होला? उनको जस्तो प्रतिभा मसँग कहिल्यै थिएन।"

"कजान एरिनामा भएको खेलपश्चात बोल्दै पोग्बाले भने, "खेलमा उनको गति एकदमै उत्कृष्ट छ, उनी फरवार्ड हुन, मसँग उनको तुलना हुन सक्दैन।"

एमबापेको उमेरमा पोग्बा युभेन्टसबाट म्यानचेस्टर युनाइटेड पुगेका थिए भने फ्रान्सेली फुटबल टोलीमा २० वर्षको उमेर पछि मा छनौट भएका थिए।

१८ वर्षको उमेरमा फ्रान्सबाट डेब्यु गरेका एमबाप्पेले १९ खेलमा ७ गोल गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell