PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

प्रबिन र रुबिनालाई जिते स्वर्ण, मानसलाई कास्य पदक



पहिलोपोस्ट

प्रबिन र रुबिनालाई जिते स्वर्ण, मानसलाई कास्य पदक

काठमाडौं : नेपालका प्रबिन थापा र रुबिना घलेले थाईल्याण्डमा जारी चौथो हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन्।

आइतबार थाइल्यान्डको बैंककमा भएको च्याम्पियनसिपको पुरूष ६८ केजी तौल समुहमा प्रबिन थापाले र महिला ५८ केजी तौलसमूहमा रुबीना घल्ले नेपाललाई स्वर्ण दिलाए।

च्याम्पियनसिपको पुम्सेतर्फ ग्रीन बेल्टमा मानस आचार्यले कास्य पदक प्राप्त गरे। पुम्सेकै ब्ल्याक बेल्टमा रत्न महर्जनले तथा फाइटमा केशव थापा र ३८ केजीमा अनिष श्रेष्ठले कास्य पदक हात पारे।

च्याम्पियनसिपको मास्टरतर्फ टिम पुम्सेमा बब्लु सिवाकोटी, गोपाल भण्डारी र दीपेन गुरुङले तथा व्यक्तिगत पुम्सेमा पनि गोपालले कास्य पदक प्राप्त गरे।

च्याम्पियनसिपमा कुल १५ राष्ट्रको सहभागिता रहेको टिम प्रशिक्षक प्रबिन थापाले जानकारी दिए। २ स्वर्ण र ६ कास्य सहित कुल ८ पदक जित्ने खेलाडी न्युजेन तेक्वान्दो डोजाङका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell